रामेछाप जिल्लाका सहकारीहरु पनि कोपोमिस प्रणालीमा जोडिँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछाप जिल्लाका सहकारीहरु पनि कोपोमिस प्रणालीमा जोडिँदै

रामेछाप जिल्लामा सञ्चालित साकोसहरुका लागि कोपोमिस तालिम प्रदान गरिएको छ । तालिममा जिल्लाका विभन्न सहकारी संस्थाहरुबाट ४० जनाको सहभागिता रहेको थियो । 

नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खड्काको अध्यक्षतामा सुरु तालिम कार्यक्रम उद्घाटन जिल्ला बचत संघका अध्यक्ष जगन्नाथ दाहालले गर्नुभएको थियो । कार्यक्रममा मन्थली नगरपालिकाका सहकारी शाखा प्रमुख उज्वल पोखरेलको आतिथ्यता रहेको थियो ।

प्रमुख व्यक्ति जिल्ला वचत संघका अध्यक्ष दाहालले सहकारीका समसामयिक वस्तुस्थिति, सुशासनमा देखिएको कमजोरी साथै सहकारी संस्था सञ्चालनमा पालना गर्नुपर्ने नीति, विधि र सिद्धान्तका बारेमा प्रष्ट पार्दै सहकारीहरुले आफ्नो वित्तीय कारोबार अभियानभित्रै केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नेफ्स्कूनले प्रदान गर्ने सेवा र स्तरीकरणका कार्यक्रमहरुमा सहभागी भएर बढी भन्दा बढी लाभ लिन अनुरोध गर्दै कोपोमिसमा सबै सहकारीलाई जोडिन आव्हान गर्नुभएको थियो । कोपोमिस कार्यान्वयन सहजीकरणका लागि नेफ्स्कूनले तालिमको आयोजना गरेर सहकारीहरुका लागि राम्रो सुविधा प्रदान गरेकोप्रति प्रशंसा समेत गर्नुभएको थियो । 

नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खड्काले सहकारीको समसामयिक वस्तुस्थिति बारे जानकारी गराउँदै सुशासित सहकारी अभियान निर्माणमा सबैको साथ सहयोग आवश्यक रहने बताउनुभयो । सहकारी सञ्चालनमा निति, विधि र प्रविधि प्रगोगलाई जोड दिँदै गुणस्तर सुधारका लागि स्तरीकरण कार्यक्रम र भविष्यमा आइपर्न सक्ने जोखिमबाट सुरक्षित रहन स्थिरीकरण कोषको अनिवार्य आबद्धताको विषयमा चर्चा गर्नुभएको थियो । 

मन्थली नगरपालिकाका सहकारी शाखा प्रमुख पोखरेलले कोपोमिसमा सहकारीहरुले अनिवार्य रुपमा समष्टिगत विवरण प्रविष्टि गर्नुपर्ने भन्दै कोपोमिसमा नआउने सहकारीहरु अन्य सेवा सुविधाबाट बञ्चित हुन बाध्य हुने बताउनुभयो । उहाँले सबै सहकारीहरुलाई कोपोमिसमा समयमै संस्थाका समष्टिगत विवरण भर्न अनुरोध गर्दै नगरपलिकाको तर्फबाट पनि यसमा साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कोपोमिस तालिम सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत प्रविण अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन र व्यवस्थापन सहजीकरण नेफ्स्कून मन्थली फिल्ड कार्यालयका ईन्चार्ज सूर्य बहादुर थापाले गर्नुभएको थियो ।

नेफ्स्कूनले आफ्ना सबै फिल्ड कार्यालयहरु मार्फत कोपोमिसमा सहकारीका डाटा प्रविष्टिका लागि तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गरिरहेको छ भने पछिल्ला दिनहरुमा ठूलो संख्यामा बचत तथा ऋण सहकारी संस्थाहरुले सहकारीका समष्टिगत डाटा प्रविष्टि गरिरहेका छन् । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप