सगुन साकोसको २३ औं स्थापना दिवस, संस्थापक सदस्य र पूर्व सञ्चालकहरु सम्मानित    
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सगुन साकोसको २३ औं  स्थापना दिवस, संस्थापक सदस्य र पूर्व सञ्चालकहरु सम्मानित    

सर्लाही । हरिवन नगरपालिका–११ मा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थापक सदस्यहरुको सम्मान सहित २३ औं स्थापना दिवस मनाएको छ । 

कार्यक्रममा संस्था स्थापनामा महत्वपूर्ण योगदान गर्नुहुने ३६ जना संस्थापक सदस्य र १४ जना पूर्व सञ्चालकहरुलाई सम्मान गरिएको थियो । 

साकोसका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षता रहेको स्थापना दिवस कार्यक्रममा भूमि ब्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवको प्रमुख आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि राज्य मन्त्री यादवले सहकारी ऐन प्रदेश संसदले पास गरि प्रमाणिकरणको लागि प्रदेश प्रमुखकोमा पठाइएको र ऐन चाडै नै प्रमाणित भएर आउने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, जिल्ला बचत संघ सर्लाहीका अध्यक्ष एवम् सगुन साकोसका संस्थापक अध्यक्ष बाबुराम घिमिरेको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले नगरपालिकालाई सहकारी हव बनाउन लागिपर्ने बचतबद्धता व्यक्त गर्नुभएको थियो । मेयर बुढाथोकी सगुन साकोसका पूर्व सचिव समेत हुनुहुन्छ । उहाँले नगपालिकामा उपभोक्ता सहकारी गठन गर्न आर्थिक सहयोग गर्ने समेत बाचा गर्नुभयो ।

संस्थापक अध्यक्ष बाबुराम घिमिरेले स्थापना काल देखि हालसम्म भए गरेका आरोह अवरोह बारेमा जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा कोषाध्यक्ष बिनोद कार्कीले साकोसको हालसम्मको आर्थिक अवस्था तथा ४ वर्षे रणनीतिक योजनाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै साकोसका अध्यक्ष ढकालले सहकारी सहकारीका निश्चित मुल्य, मान्यता र सिद्धान्त अनुरुप सञ्चालन गर्न जस्तोसुकै योगदान गर्न पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साकोसकी उपाध्यक्ष तारादेवीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने सचिव राजकुमार उप्रेतीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सगुन साकोस २०५७ साल श्रावण १९ गते डिभिजन सहकारी कार्यालय सर्लाहीमा विधिवत दर्ता भई सञ्चालनमा आएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप