मुकुन्दपुर साकोस स्तरीकरण कार्यक्रम प्रोबेसनमा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मुकुन्दपुर साकोस स्तरीकरण कार्यक्रम प्रोबेसनमा आबद्ध

नवलपरासी । जिल्लाको (बर्दघाट सुस्ता पूर्व) गैडाकोट–११, हर्कपुर मा अवस्थित मुकुन्दपुर बचत तथा ऋण सहकारी संस्था लि.प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चितासम्बन्धी पूर्ण तथा व्यावायिक साकोस विकास कार्यक्रम हो । 

साकोसको कार्यालयमा आज (श्रावण १८) आयोजित कार्यक्रममा साकोसका सचिव कालिका प्रसाद देवकोटा र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत सुरज चालिसेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

प्रोबेसन कार्यक्रम आबद्धताले साकोसको संस्थागत विकास र वित्तीय सुशासन कायम हुने विश्वास लिइएको साकोसका सचिव देवकोटाले बताउनुभयो । नीति विधिमा रहेर सहकारी संस्था सञ्चालन गर्नु र स्तरीकरण कार्यक्रममा जोडिएर अभियानको सुदृढीकरणका लागि काम गर्न पाउँदा संस्थागत विकास सँगै सदस्यहरुमा समेत विश्वासको वातावरण सृजना गर्न सकिने उहाँले बताउनुभयो । 

कार्यक्रममा साकोसका सञ्चालक समिति सदस्य द्वय बालकृष्ण देवकोटा, होमनाथ सापकोटा र प्रमुख कार्यकारी अधिकृत सुरज लामिछाने उपस्थित हुनुहुन्थ्यो । 

२०५६ साल असार २३ गते स्थापना भएको मुकुन्दपुर साकोसमा ४ हजार ८ सय ८८ जना सदस्य छन् भने साकोसको कुँल पुँजी ३२ करोड ९९ लाख ६० हजार रुपैयाँ रहेको छ । समुदायमा सञ्चालित साकोसले सदस्य सेवालाई केन्द्रविन्दुमा राखेर वित्तीय सेवा प्रवाह गर्दै आइरहेको साकोसका सचिव देवकोटाले जानकारी गराउनुभयो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप