वालिङ नगरपालिकामा सञ्चालित सहकारीहरुको अवस्था विश्लेषण साथै सचेतीकरण कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वालिङ नगरपालिकामा सञ्चालित सहकारीहरुको अवस्था विश्लेषण साथै सचेतीकरण कार्यक्रम सम्पन्न 

काठमाडौं । स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाका सबै प्रकृतिका सहकारीहरुको अवस्था विश्लेषणको काम सम्पन्न भएको छ । नेफ्स्कूनले स्थानीय तहहरुसँगको समन्वयमा सबै प्रकृतिका सहकारीहरुको अवस्था विश्लेषण, प्रोफाइल तयारी, आवश्यक तालिम, शिक्षाका कार्यक्रमहरुसँगै सक्षमता विकास र उद्यमशिलता प्रवर्धन लगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यसहित लागु गरेको आधारशिला कार्यक्रम अन्तर्गत वालिङ नगरपालिकाका सहकारीहरुमा घरदैलो साथै साक्षात्कार गरी जागरणको प्राथमिक चरणको काम सम्पन्न गरेको हो । 

वालिङ नगरपालिका भित्र रहेका विभिन्न प्रकृतिका ९८ वटा सहकारीको घरदैलो कार्यक्रम तथा साक्षात्कार कार्यक्रम मार्फत सहकारीका समसामयिक वस्तुस्थितिका बारेमा बुझ्ने प्रयास भएको छ । जस अन्तर्गत नगरपालिका भित्र सञ्चालित बचत तथा ऋण सहकारी २४, कृषि सहकारी २३, बहुउद्देश्यीय सहकारी २१, उत्पादन सहकारी २५, उपभोक्ता सहकारी ३ र श्रमिक सहकारी २ को अवस्था विश्लेषण गरिएको छ  । ती मध्ये ४१ सहकारी संस्था पानमा दर्ता भएका छन् भने ५७ सहकारी पानमा दर्ता भएका छैनन् । हालसम्म नगरपालिकाका ४५ सहकारीले कोपोमिसमा आफ्ना समष्टिगत विवरण प्रविष्टि गराइसकेका छन् भने ५३ सहकारीले कोपोमिसमा आफ्ना जानकारीहरु प्रविष्टि गराएका छैनन् ।   

सहकारीका सोही वस्तुस्थितिलाई मध्यनजर गर्दै नेफ्स्कूनद्वारा सहकारीमा जागरण ल्याउन स्थानीय तहका जनप्रतिनिधि र जिल्ला बचत संघको अगुवाइमा आज श्रावण १८ गते सहकारीको अवस्था विश्लेषण तथा सचेतिकरण कार्यक्रमको समेत आयोजना गरिएको थियो । 

स्याङ्जा जिल्ला बचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँडको प्रमुख आतिथ्यता र नगर उप प्रमुख कविता तिवारीको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा स्याङ्जा जिल्ला बचत संघका लेखा समिति संयोजक मुक्ति प्रसाद पाण्डे र नेफ्स्कून पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य विद्या श्रेष्ठको आतिथ्यता सहित स्थानीय सहकारीकर्मी र विभिन्न प्रकृतिका सहकारीबाट गरी करिब ७० जनाको सहभागिता रहेको थियो । 

प्रमुख अतिथि नगर प्रमुख कृष्ण खाँडले वालिङ नगरपालिकाका सहकारीको संरक्षण र विकासका लागि नेफ्स्कूनसँगको सहकार्य र आधारशिला कार्यक्रम मार्फत अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

जिल्ला बचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठले नेफ्स्कूनद्वारा सञ्चालित आधारशिला कार्यक्रमले धुमिल सहकारी अभियान सङ्गो बनाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा आधारशिला कार्यक्रमको उद्देश्य, सहकारीको विकास र प्रवर्धनका लागि चालिएका कदमहरु, सहकारीका समसामयिक विषयवस्तु, सहकारी ऐन, नियम तथा निर्देशन र सहकारी क्षेत्रको विकास र प्रवर्धनमा नेफ्स्कूनको भूमिकाको विषयमा बरिष्ठ अधिकृत नविनराज दाहाल र कार्यक्रम अधिकृत रिता सुवदीले प्रस्तुतीकरण गर्नुभएको थियो । 

नगरपालिकाका सहकारी शाखा प्रमुख भुवानी तिवारीले नियामक निकायको काम कर्तव्यका बारेमा जानकारी गराउँदै सहभागीहरुका जिज्ञासाको सम्बोधन गर्नुभएको थियो । 

कार्यक्रम सञ्चालन तथा व्यवस्थापन सहजीकरण नेफ्स्कून पोखरा फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुवेदीले गर्नुभएको थियो । 

स्याङ्जाको वालिङ नगरपालिका भित्रका सहकारीहरुको सूक्ष्म विश्लेषणका क्रममा रहनुभएका नेफ्स्कूनका बरिष्ठ अधिकृत दाहाल र अधिकृत सुवेदीद्वारा कुल ९८ सहकारीहरुको अवस्था, सदस्य संख्या, कारोबार, ऋण लगानी, कार्यालय व्यवस्थापन, कर्मचारी, सञ्चालक समिति, साधारणसभा आदि विषयहरुमा सम्पूर्ण जानकारी अद्यावधिक गर्ने काम भएको थियो । विभिन्न सूचकहरुका आधारमा सहकारीको वस्तुस्थिति अध्ययनको पहिलो चरणको काम सम्पन्न भएको बरिष्ठ अधिकृत दाहालले जानकारी गराउनुभयो । तथ्यांक र सूचना संकलनको पहिलो चरणको काम सम्पन्न भएसँगै दोस्रो चरणको काम सुरु हुनेछ । जागरण, विकास, प्रवर्धन र सञ्जालीकरण गरी ४ चरणमा विभाजन गरिएको आधारशिला कार्यक्रमले अन्य तीनवटा कार्यक्रम समापन गरेसँगै पूर्णता प्राप्त गर्नेछ । आधारशिला कार्यक्रम स्थानीय तह मातहत रहेका ग्रामिण र दुर्गम क्षेत्रमा सञ्चालित सहकारीहरुमा क्रमैसँग लागु गर्दै लगिनेछ । हालसम्म २६ वटा स्थानीय तहसँग सम्झौता भई आधारशिला कार्यक्रम अगाडि बढेको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप