क्रेडिट युनियन एक्ट तुरुन्त ल्याउन पहल गरौं : पूर्व महासचिव खतिवडा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
क्रेडिट युनियन एक्ट तुरुन्त ल्याउन पहल गरौं : पूर्व महासचिव खतिवडा

म राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । दुई बर्ष अगाडि संसदभित्र एउट कृषि सहकारी र प्राकृतिक स्रोत समिति भित्र सहकारी उपसमिति गठन गर्यौं । म त्यसको संयोजक बने । त्यो समितिले सहकारीका धेरै साथीहरुलाई बोलाएर छलफर र अन्तरक्रिया गर्यो । नेफ्स्कूनका अध्यक्ष, बरिष्ठ उपाध्यक्ष लगायत थुप्रै साथीहरु पनि त्यहाँ हुनुहुन्थ्यो । त्यहाँ छफल गर्दा के कुरा उठेको थियो भने, सबै प्रकृतिका सहकारीले अहिले नेपालमा बचत ऋणको कारोबार गरिरहेका छन् । एउटा फलफुल तरकारी सहकारी भनेको छ, त्यसले पनि बचत कै काम गर्ने, दुग्ध उत्पादक सहकारीले पनि बचत कै काम गर्ने, त्यो सबै गर्ने हो भने नेपालको सहकारी आन्दोलन उभो लाग्ने हैन यसले झन् विकृति निम्त्याउँछ भनेर छलफलका क्रममा निकै ठूलो वहस भयो । त्यो विषयसँगै  नेफ्स्कूनले बचत ऋण सहकारी ऐन छुट्टै दर्ता गनुपर्ने आवश्यकता बारे फोरममा कुरा उठायो । बचत ऋण सहकारीको ऐनको आवश्यकताको विषयलाई लिएर ७/८ जना सांसदहरुसँग नेफ्स्कूनमा पनि छलफल भयो । सांसदहरुलाई मन्त्री समक्ष यो विषय राख्न पनि आव्हान गर्यौं । पहल भयो तर नेफ्स्कूनले यो विषयको काम खेद्न सकेन भन्ने मलाई लागेको छ । संघले काम पटक्कै खेदेन भन्छु म । 

सबै सहकारीलाई बचत ऋणमा मात्रै केन्द्रीत भएको अवस्थामा महासंघले पनि कमाण्ड गर्न सकेन भन्ने महासंघका अध्यक्षज्यूप्रति पनि मेरो गुनासो हो । महासंघले तिमि बचत गर, तिमी फलफूल तरकारी गर भन्ने गरी जानसक्नुपर्यो । 

अर्को नेफ्स्कूनले संघ मात्रै खोलिरहने ? के के संघ बनाउने हो । निर्वाचन क्षेत्रिय संघ बनाउने की, प्रदेश निर्वाचन क्षेत्रका संघ बनाउने की । संघ त सरकारको टायरमा बनाऔं न । थ्रि टायर सिस्टममा सरकार छ । थ्रि टायरमा संघ बनाऔं । तल पालिका स्तरमा समेत संघहरु बन्न थालेका छन् । ऐनमा छ कि छैन ? निर्वाचन क्षेत्रिय समन्वय समिति भनेर पनि सहकारीका संघहरु बन्न थालेका छन् । 

जिल्ला संघ चाहिन्छ की चाहिदैन भन्ने वहस म अ‍ैले गर्न चाहन्न, किनभने आफैले निर्माण गरेका थुप्रै संघहरु छन् । म महासचिव भएका बेला थुप्रै जिल्ला संघ निर्माणमा गएको छु । जिल्ला संघ चाहिन्छ भने प्रदेश संघ नवनाऔं न । कतिवटा टायर बनाइरहने ? संघ मात्रै गठन गरेर यसले खर्च बढायो भन्ने, अभियानलाई आरोप छ । यो आरोपका प्रति अव नेफ्स्कूनले कसरी जाने हो सोच्नुपर्ने वेला भएको छ । 

यसले सहकारीको संस्थागत संरचनामा खलल पुर्याउँछ, यसले राम्रो गर्दैन् भन्ने मेरो बुझाई हो, कि चाहिने नै हो र मैले नवुझेको हो भने यसमा छलफल गरौं । तर अभियानले यस विषयमा ठूलो गुनासो गरेको छ । 

अर्को सहकारी सेवामुखी बनाऔं । सहकारी क्षेत्रमा गौतश्री प्रकरण वडा ठूलो क्षयीकरण हो । नियमन अनुगमन कमी भयो वा के भयो ? सहकारीमा यस्तो हुनुहुँदैन । बचत तथा ऋण सहकारी अभियानको छाता संघ नेफ्स्कूनले आफ्ना सदस्यहरुलाई आधिहुरिबाट बँचाउन नसकेपनि घाम र पानीबाट कुनै पनि हालतमा बचाउन सक्नुपर्छ, भन्छु म । सहकारीभित्र सुशासनमा कमि आउनासाथ नेफ्स्कूनले के काम गरेको छ ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो । नेफ्स्कूनको सरकारसँगको लविईङमा पनि कमी भएको छ । सहकारी अभियानभित्र शुद्धताको जरुरी छ । ठग्ने उद्देश्यले सञ्चालन भएका सहकारी अब नेफ्स्कूनले पहिचान गर्नुपर्छ । त्यसका लागि नियमन गर्ने वा जाँचवुझ गर्ने कुनै छुट्टै संयन्त्र बनाउने पो हो कि । अब क्रेडिट यूनियन ऐन ल्याउन ढिला गरिनुहुँदैन । बचत ऋण सहकारीलाई नियमन र सुशासनको दायरामा ल्याउने काम नेफ्स्कूनले गर्छ भनेर ऐनमा लेखिनुपर्छ । म नेफ्स्कूनको महासचिव हुँदा संघलाई कसरी राम्रो बनाउने भनेर अहोरात्र खटेको छु, सांसद भएर पनि मैले सहकारी अभियानलाई कसरी राम्रो बनाउन सकिन्छ भनेरै सम्पूर्ण तागत र समय खर्चेको छु । कतै अभियान कमजोर हुन्छ की ! भन्ने सँधै मेरो चिन्ता र चासोको विषय बनेको छ । अब सहकारी अभियानलाई बचाउने हो भने सबैजना दृढतापूवर्क लाग्नुपर्छ । छिटो भन्दा छिटो क्रेटिड युनियन ऐन ल्याउन पूरा अभियान जाग्नुपर्छ । 

नेफ्स्कूनले आफ्नो ३५औं स्थापना दिवसको पूर्वसन्ध्यामा संघका अग्रजहरुसँग साकोस अभियानको बर्तमान र भविष्यको विषयमा श्रावण ३० गते  आयोजना गरेको वृहत अन्तरक्रियाका क्रममा संघका पूर्व महासचिव एवं संघीय सांसद घनश्याम खतिवडाले राख्नुभएको विचारको सम्पादित अंश: 
 
भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

१ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप