सिको साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिको साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) सञ्चालन

बर्दिया । सिको बतच तथा ऋण सहकारी संस्था लि.का सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम शनिवारबाट सुरु भएको छ । साकोसका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोखरेलले गर्नुर्भएको थियो । 

तालिम उद्घाटन सत्रमा लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालयका प्रशासन अधिकृत गिरीधारी पन्त, लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालयका सहकारी दर्ता अधिकारी लोकेन्द्र वली, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का सहायक कार्यकारी अधिकृत तथा व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे उपस्थित हुनुहुन्थ्यो । 

कार्यक्रममा सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष एवम् प्रमुख अतिथि पोखरेलले सहकारीले सानो सानो श्रोत संकलन गरी सदस्यको उन्नती र प्रगतीमा क्रियाशिल रहनुपर्ने बताउनुभयो । उहाँले सिकोको नेतृत्वबाट साकोसको केन्द्रीय तहमा नेतृत्व लिनु साकोसको साथै लुम्बीनी प्रदेशकै लागि महत्व र गौरवक विषय रहेको चर्चा गर्नुभयो । पछिल्लो समय सहकारीलाई बद्नाम गराउने गिरोहहरु सक्रिय भइरहेको हुदाँ सहकारीको राम्रो कामद्धारा त्यसलाई चिर्नुपर्ने आवश्यकता रहेको उहाँले औल्याउनुभयो । सहकारीका राम्रा कामहरुको प्रचार प्रसार गर्न र घरदैलो सदस्य शिक्षा कार्यक्रम मार्फत सहकारीका गलत गतिविधिहरुलाई चिर्र्दै अगाडि बड्न लुम्बीनि प्रदेश सहकारी विकास बोर्डले पनि कार्यक्रम गर्ने बताउनुभयो । उहाँले सहकारीलाई सुशासित बनाउन सहकारी ऐन, नियमावली, विभिन्न समयमा जारी परिपत्रहरु, निर्देशिकाहरु को पूर्ण जानकारी तथा परिपालना साथै सहकारीको मूल्य, मान्यता, सिद्धान्त र उद्देश्यप्रति केन्द्रीत रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

साकोसका अध्यक्ष अधिकारीले सिको साकोस सहकारीको मूल्य, मान्यता, सिद्धान्त अनुसार सञ्चालन भएको साथै नेफ्स्कूनबाट सञ्चालनका रहेका स्तरीकरण कार्यक्रम अन्तर्गत प्रोबेशन र एक्सेस ब्राण्ड प्राप्त गरी कार्यक्रमलाई निरन्तरता दिइरहेको जानकारी गराउनुभयो । 

साकोसले केन्द्रीय कार्यालय सहित ७ वटा सेवा केन्द्र मार्फत कुल १० हजार ६ सय २३ सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । ४२ करोड कुल सम्पीत्त रहेको उक्त साकोसमा २ हजार ८ सय ३७ सदस्यहरुमा ऋण प्रवाह भएको छ भने ४ दशमलव ४ प्रतिशत भाखा नाघेको ऋण र ५ दशमलव ३ प्रतिशत संस्थागत पुँजी रहेको छ । 

साकोसले नेपाल सरकार, राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, जिल्ला सहकारी संघ बाट उत्कृष्ट पुरस्कार प्राप्त गरिसकेको छ भने हालै सम्पन्न नेफ्स्कूनको ३५ औँ स्थापना दिवसको अवसरमा लुम्बीनि प्रदेश उत्कृष्ट व्यवस्थापकबाट संस्थाका व्यवस्थापक  हरीहर पौड्याल पुरस्कृत भएको घोषणा समेत भएको छ । 

तालिम उद्घाटन  सत्रमा साकोसका लेखा सुपरिवेक्षण समिति संयोजक जीवन बहादुर शाहीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन साकोसका सचिवले गर्नुभएको थियो । 

चार दिनसम्म (भाद्र ४ देखि ७ गतेसम्म) चल्ने उक्त तालिमको सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप