नवलपरासीको कावासोतीमा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपरासीको कावासोतीमा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया

चितवन । नेफ्स्कून फिल्ड कार्यालय चितवनको आयोजना, नवलपुर जिल्ला बचत संघ र सहकारी कर्मचारी समाज नवलपुरको समन्वयमा नवलपरासीको कावासोतीमा सदस्यसँग सहकारी अन्तरक्रिया सम्पन्न भएको  छ । 

कार्यक्रममा नवलपुर बर्दघाट सुस्ता पूर्वमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति र व्यवस्थापक गरी ७३ जनाको उपस्थिति रहेको थियो । 

कार्यक्रमको अध्यक्षता नेफ्स्कून सञ्चालक समिति सदस्य तथा नेफ्स्कून चितवन फिल्ड कार्यालय व्यवस्थापन उप समिति संयोजक विद्या काईरालाको अध्यक्षता, नेफ्स्कूनकी  उपाध्यक्ष  शान्ति अधिकारीको प्रमूख आतिथ्यता, नवलपुर जिल्ला बचत संघका कार्यवाहक अध्यक्ष होमनाथ जैशी, नवलपुर जिल्ला बचत संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार माधव प्रसाद गौतम, नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिना र सकहकारी कर्मचारी समाजका अध्यक्ष नरभुपाल भुषालको आतिथ्यता रहेको थियो ।

नेफ्स्कूनकी उपाध्यक्ष एवम् कार्यक्रमकी प्रमुख अतिथि अधिकारीले एकादुई सहकारीमा देखिएको वित्तीय अपचलन र  गलत गतिविधिका कारण समग्र सहकारी क्षेत्र तरंगित भइरहेको परिवेशमा बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा सजगता अपनाउनुपर्ने बताउनुभयो । सहकारीमा सुशासन कायम गर्न विभागले विभिन्न समयमा जारी गरेका निर्देशनहरुको प्रशङ्ग उल्लेख गर्दै उपाध्यक्ष अधिकारीले निर्देशनको पूर्ण पालना गर्नु हरेक सहकारीको कर्तव्य रहेकोमा जोड दिनुभयो । 

अन्तरक्रियाका क्रममा सहभागी सहकारीकर्मीहरुले साकोसको समय सापेक्ष अनुगमन, स्थानीय निकाय र नेफ्स्कूनबाट साना संस्थाहरुको विकास र प्रवर्धनमा विशेष ध्यान, साकोस भुक्तानी सटही सुविधा, सहकारीलाई सहुलियत ऋण परिचालन, प्रविधि एकरुपता लगायतका विषयहरुको आवश्यकता सम्बन्धमा सुझाव प्रस्तुत गर्नुभएको थियो । साथै सहकारीकर्मीहरुले कावासोतीमा नेफ्स्कूनको सेवा केन्द्र आवश्यकताको माग गर्नुभएको थियो । 

कार्यक्रममा नवलपुर जिल्ला बचत संघका कार्यवाहक अध्यक्ष जैशीले स्वागत मन्तव्य र  नवलपुर जिल्ला बचत संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले नेफ्स्कूनका सेवा तथा कार्यक्रमहरु, भावी रणनीतिक योजना, स्तरीकरण कार्यक्रम,  स्थिरीकरण कोष र सहकारीका समसामयिक सबालहरु सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम सञ्चालन चितवन फिल्ड कार्यालय इन्चार्ज रिसभराज रेग्मीले गर्नुभएको थियोे । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप