‘सहकारीमा प्रभावकारी नियमन आवश्यक छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारीमा प्रभावकारी नियमन आवश्यक छ’

खर्चबाट जोगाएर भविष्यको योजनाको लागि निश्चित ब्याज आउने शर्तमा जम्मा गरिएको रगत पसिनाको कमाइ नै वचत हो । वचतमा हेलचक्राई गर्ने वातावरण किमार्थ सृजना हुनुहुँदैन । सहकारी विश्वासपूर्ण, तटस्थ र गल्तीबाट मुक्त हुनु पर्दछ ।

गुगलमा सहकारी भनेर टाइप गर्दा ५० लाख रिजल्ट पचास सेकेण्ड भन्दा कममा आउँछ । सहकारी सम्बन्धी चर्चा परिचर्चा तथा विकासका कार्यक्रमहरु दिनानुदिन बढ्दो छ । दुर्गम गाउँका कुना कन्दारा देखि मध्य सहरमा समेत सहकारीको उपस्थिति बाक्लै छ । 

सामान्य भाषामा भन्नुपर्दा आफ्नै लगानी, आफ्नै स्वामित्व, आफ्नै निर्णय, आफ्नै नियन्त्रण र आफ्नै फाइदाको लागि स्वेच्छिक रुपमा एकजुट भै आफ्ना समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकताहरू र आकांक्षाहरू परिपूर्तिको लागि संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रित उद्यम वा व्यवसाय नै सहकारी हो । 

६ दशक लामो इतिहासका क्रममा सहकारी सामाजिक आन्दोलनको रुपमा अगाडि बढ्दै आउँदा बेला बेलामा र ठाउँ ठाउँमा निजी ब्यवसाय झै सीमित दायरामा पनि खुम्चन थाल्यो । सहकारी अभियानमा सकारात्मक पक्ष, नकरात्मक पक्ष र सुधारोन्मुख पक्षहरू कहिले हातेमालो त कहिले संघर्ष गर्दै अगाडि बढिरहेको पाइन्छ । 

सकरात्मक पक्ष 

स्थानीय स्तरमा भएका उत्पादनलाई बजारीकरण गर्ने देखि निमुखा गरिब जनता देखि गाउँ गाउँसम्म  बैकिङ्ग सेवा प्रदान गरेर सामाजिक पहुँच विस्तार गर्न सहकारी धेरै अग्रसर छन् । रोजगारी सृजना देखि समाजिक कार्यहरूमा सहभागिताको विकास गर्न सहकारी लागि परेको छ । 

सहकारीको मर्म र परिभाषालाई राष्ट्रले संविधानमा समेत सम्बोधन गरेको छ । अर्थतन्त्रको तीन खम्बे नीति अन्तर्गत सहकारीलाई महत्वपूर्ण खम्बाको रुपमा अंगिकार गरिएको छ । महिला सहभागितलाई प्राथमिकता दिएको छ । उत्पादन मुलक क्षेत्रमा केन्द्रीत हुन सरकारले आग्रह गरेको छ । यी सबै कारणले पनि सहकारीमा आम जनताको आकर्षण बढ्दै गैरहेको छ ।

नकारात्मक पक्ष 

सहकारीका आधारभूत नीति नियम विपरित बजारका केही सहकारीका सञ्चांलकहरूले घर जग्गा, सेयर, सवारीसाधन जस्ता अनुत्पादक क्षेत्रमा ठूलो मात्रमा लगानी गरेका छन् । सहकारीको बारेमा अनुभव, अध्ययन र अनुसन्धान नगरी सहकारी चलाउनु पनि अर्को समस्या हो । प्रदेश र स्थानीय स्तरबाट सहकारी दर्ता हुनु, सहकारी अभियन्ताका रुपमा राजनीति गर्नु, यी सबै नकारात्मक पाटाहरू हुन् । 

हाल सम्म हजार भन्दा बढि सहकारी फरार भएको तथ्यांक छ भने समस्याग्रस्त हुनेको संख्या पनि बढिरहेको छ । सहकारी अभियानको नाममा सरकारले नीति, योजना तथा अनुगमनको खाका नबनाई जथाभावी अनुमति प्रदान गर्यो भने विना कुनै योजना, समुह मिलेर सहकारी दर्ता गर्ने होड बस्यो । जसका कारण चोक चोक, गल्ली गल्लीमा सहकारीका बोर्डहरू झुण्डिन थाले भने पासबुकको चाङ पसल पसलमा देखिन थाले । यी सबै नकारात्मक पक्ष हुन् ।

सुधारात्मक पक्ष

सहकारी कर्जा सूचना केन्द्रको हल्ला चलेको ३ बर्ष बितिसक्यो, ऐन बनेर कार्य योजना बनाएर लागु हुन भने अझै सकेको छैन, त्यसलाई मूर्त रुप दिन आवश्यक छ । ऋण असुली न्यायाधीकरणको खाका तयार गरी अगाडि बढ्नु जरुरी छ । त्यस्तै सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बृद्धि गर्ने कार्ययोजना तयार गर्नुपर्छ । वचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि छुट्टै नियमक निकाय स्थापना गर्ने सरकारको घोषणालाई तत्काल लागु गर्नपर्छ । एकीकरणको नारालाई व्यवहारमा बदल्नु पर्दछ । राज्य बाट एकीकरणका लागि थप उत्प्रेरणा अवाश्यक देखिन्छ । नेफ्स्कूनद्वारा प्रवर्द्धित विभिन्न स्तरीकरण कार्यक्रममा सहभागीले पनि व्यवसायिक र सुशासन कायम  गर्न सहयोग मिल्दछ । यी सवै सुधारात्मक पक्षहरु हुन ।

अन्त्यमा

खर्चबाट जोगाएर भविष्यको योजनाको लागि निश्चित ब्याज आउने शर्तमा जम्मा गरिएको रगत पसिनाको कमाइ नै वचत हो । त्यो वचतमा हेलचक्राई गर्ने वातावरण किमार्थ सृजना हुनुहुँदैन । सहकारी विश्वासपूर्ण, तटस्थ र गल्तीबाट मुक्त हुनु पर्दछ । सञ्चालक समिति कर्मचारीहरूले वित्तीय स्थिति, कार्य प्रगति, नगद प्रवाह तथा उपलब्धिको तुलनात्मक मूल्याङ्कन गर्नुपर्दछ ।

सहकारी राष्ट्रको समग्र विकासको मुख्य स्तम्भ हो । केही खराव सहकारीका कारण सबै सहकारीलाई सरकार र नीजि क्षेत्र दुवैले नकारात्मक दृष्टिकोणबाट हेरिनु उचित होइन । राम्रो काम गरेका, सदस्य सन्तुष्टिलाई ध्यान दिएका र समुदायका लोकप्रिय सहकारीहरुमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । पछिल्लो समय सहकारीमा बढेका एकादुई विकृत गतिविधिले अन्य सबै सहकारीमा पनि स्रोत परिचालनमा समस्या सृजना भएको छ । घाउ लागेपछि त्यसको उपचार गर्ने हो, घाउकै कारण समग्र अंग विगार्न दिनु हुँदैन । समस्या सृजना भएपछि भागेर, नकारात्मक टिक्काटिप्पणी गरेर मात्र सरकार, सहकारीकर्मी कोही पनि उम्कन पाउँदैनन् । त्यसैले हातेमालो गरेर सरकार, सहकारी अभियन्ता र सहकारीकर्मीहरू अगाडि बढ्नु पर्दछ ।  प्रभावकारी स्वनियमनमा बसेर आफ्नो निर्देशन र नियम पालना नगरेसम्म सहकारीलाई नियामक निकायले रचनात्मक सहयोग गर्न सक्दैन । 

(लेखमा प्रस्तुत विचार लेखकका निजी विचार हुन - लेखक)

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप