एक्सेस बागमती दोस्रो क्लष्टरको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस बागमती दोस्रो क्लष्टरको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

काभ्रे । श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा एक्सेस कार्यक्रम अन्तर्गतको ३–३ महिनामा सञ्चालन हुने कार्यकुशलता तथा शिकाई व्यवस्थापन कार्यशाला मंगलवार सम्पन्न भएको छ । काभे्र, भक्तपुर, रामेछाप र दोलखा गरी ९ ओटा संस्था सम्मिलित रहेको बागमती दोस्रो व्याचको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्याशाला सञ्चालन गरिएको हो । उद्घाटन कार्यक्रममा सभापतिको रुपमा आयोजक संस्था श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष बालकृष्ण दाहालले सभापतित्व गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु रहनुभएको थियो । त्यसै गरी अतिथि हरुमा नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत तथा सहजकर्ता प्रेम नाथ वाग्ले, नेफ्सकूनका तालिम अधिकृत सौभाग्य भट्टराई, संस्थाका लेखा समितिका संयोजक मोट प्रसाद सापकोटा, चेष्टा साप्ताहिकका सम्पादक लक्ष्मण तिमल्सिना, आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल अतिथिको रुपमा रहनुभएको थियो ।

उद्घाटन कार्यक्रममा संस्थाको तर्फवाट उपाध्यक्ष तथा एक्सेस कार्यदलका संयोजक गोपाल प्रसाद घिमिरेले गर्नुभएको थियो । सो कार्यक्रममा नेफ्सकूनको ३५ औँ स्थापना दिवसको अवसरमा सर्वोत्कृष्ठ कर्मचारी घोषित हुनुभएका  नेफ्स्कूनका बरिष्ठ अधिकृत वाग्लेलाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले वर्तमान समयमा सहकारी क्षेत्रमा आर्थिक तथा सुशासनको समस्या देखिएको हुँदा अत्यन्तै सावधानिका साथ संस्था सञ्चालन हुनुपर्ने, सहकारी ऐन कानुनलाई अक्षरशः पालन गर्नुपर्ने र विषम परिस्थितिमा समुदायमा आधारित रहेका तथा गुणस्तरि सुनिश्चितता कार्यक्रममा सहभागी संस्थाहरुले सहकारी मर्म र भावना अनुरुप शेयर सदस्यका साच्चिकै समस्यालाई पहिचान गरी समस्या समाधानमा जोड दिनुपर्ने बताउनुभयो । पहिलो सत्रको कार्यक्रम सञ्चालन आयोजक संस्थाका प्रवन्धक सिताराम तिमल्सिनाले गर्नुभएको थियो । 

कार्यक्रममा ९ वटा संस्थाको वित्तीय तथा अन्य गतिविधिहरुलाई एकमुष्ठ रुपमा समष्ठिगत गरी प्रस्तुत गरिएको थियो । तीसौँ कार्यशालाको छलफलमा विशेष गरेर तरलता मौज्दातलाई सबै संस्थाले ध्यान दिने, घर जग्गा तथा अन्य अनुत्पादक क्षेत्रको लगानीलाई केही समयको लागि बन्द गर्ने, साधारण सभाको समय रहेकोले नीति तथा कार्यविधिहरुलाई समयमै परिमार्जन गरी अगाढि बढ्ने तथा निर्वाचन नीतिमा नयाँ सञ्चालक बन्नु अगावै फिट एण्ड प्रोपर टेस्ट गराएर मात्र सञ्चालक समितिमा रहन सक्ने जस्ता कुल ८ ओटा निर्णय गरिएको थियो । कार्यक्रममा आयोजक मनकामना साकोस सहित, बुडोल सामुदायिक साकोस काभे्र, सामुहिक साकोस भक्तपुर, हाम्रो जनकल्याण दोलखा, मिलिजुली साकोस दोलखा, युवा साकोस बनेपा, नवजागरण साकोस रामेछाप, जनमुखी साकोस दोलखा र शुभकामना साकोस भक्तपुरबाट संस्थाहरुको सहभागिता रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप