हाम्रो चित्रवन साकोसको सामाजिक परीक्षण सम्बन्धी सुनुवाई कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो चित्रवन साकोसको सामाजिक परीक्षण सम्बन्धी सुनुवाई कार्यक्रम सम्पन्न

केशब लोहनी    

चितवन, भाद्र १० । हाम्रो चित्रवन साकोस भरतपुर ११ चितवनले आ.व. ०७८।०७९ मा गरेका वित्तीय र गैर वित्तीय क्रियाकलापको  सामाजिक परीक्षण सम्बन्धी सुनुवाई कार्यक्रम गते सम्पन्न गरेको छ । सो कार्यक्रम संस्थाका उपाध्यक्ष तथा सामाजिक परीक्षण उप समितिका संयोजक अनिलराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक परीक्षण उप समितिको तर्फबाट लक्ष्मणप्रसाद पौडेलले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्न भएको थियो ।

 चितवन जिल्लामै पहिलो पटक हाम्रो चित्रवन साकोसले  सामाजिक परीक्षण (Social Audit) नीति तथा कार्यविधि २०७९ तयार गरि सहकारी संस्थाको समग्र वित्तीय अवस्था, उपलव्ध स्रोतको परिचालन, बार्षिक कार्यक्रम एवं बजेटको प्रभावकारी उपयोग गरी अधिकतम प्रतिफल प्राप्त गर्न र सहकारी संस्थाका गतिविधिलाई थप सदस्य केन्द्रित र समुदायमा आधारित बनाई सामाजिक परीक्षणको माध्यमबाट थप पारदर्शी एवम् जवाफदेही बनाउँदै संस्थालाई सुदृृढ बनाउन लागु गरेको हो । 

कार्यक्रममा संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले सहकारी ऐनमा सामाजिक परीक्षण गर्न सक्ने प्रावधान भए पनि चितवनका सहकारी संस्थाहरुले सामाजिक परीक्षण गरेको जानकारीमा नभएको तर संस्थाले कार्यान्वयन गरेको जानकारी गराउनु भयो । साथै यो परीक्षण प्रारम्भिक भएता पनि यसले  आगामी दिनमा संस्थाको होलबढी चेपअप को रुपमा लिई संस्थालाई महत्वपूर्ण पृष्ठपोषण दिने बताउनु भएको थियो । 
 
सामाजिक परीक्षणको लागि संस्थाले आवश्यक नीति तथा कार्यविधि बनाई संस्थाको वार्षिक नीति, कार्यक्रमको कायान्वयनको अवस्था, बजेट कार्यान्वयनको अवस्था, सदस्य केन्द्रित कार्यक्रम र सामाजिक क्षेत्रका कार्यक्रमको कार्यान्वयनको अवस्था लगायत विषयमा परीक्षण गरिएको जानकारी गराउनु भयो । संस्थाले सामाजिक परीक्षणको लागि सेयर सदस्यज्यूहरु मध्येबाट समिति गठन गर्नुका साथै सुनुवाईको लागि सेयर सदस्यहरुको समुह गठन गरेको थियो । सामाजिक परीक्षण समितिले संस्थाको अवस्थाको वारेमा समग्र मूल्याकंन गरी प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिएको उक्त कार्यक्रममा सहभागी सदस्यहरुबाट जिज्ञाशा र सुझाव राख्नु भएको थियो । 

सामाजिक सुनुवाई कार्यक्रममा परीक्षण विधिको वारेमा संस्थाका उपाध्यक्ष अनिलराज पौडेलले जानकारी गराउनु भएको थियो भने परीक्षणको अवस्थाको वारेमा प्रारम्भिक प्रतिवेदन सामाजिक परिक्षण उपसमितिका सदस्य लक्ष्मण पौडेलज्यूले प्रस्तुती गर्नु भएको थियो । कार्यक्रममा उठेका जिज्ञासाहरुको वारेमा संस्थाका सचिव कृष्णप्रसाद पौडेलले प्रष्टाउनु भएको थियो । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले संस्थाले निमार्ण गरेको सामाजिक परिक्षण नीति तथा कार्यविधिको वारेमा पस्तुत गर्नु भएको थियो । संस्थाले २५ वटा सूचकहरु तयार गरी उक्त सूचकको मूल्याकंनको आधारमा सर्वोकृष्ट, उत्कृष्ट, सामान्य र न्यून उपलव्धीको वारेमा मूल्यांकन रिपोर्ट तयार भएपछि आगामी वार्षिक साधारण सभामा छलफलको लाग पेश गर्ने नीति रहेको संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक अनिलराज पौडेलले बताउनु भएको छ । 

 यस सामाजिक परीक्षणबाट संस्थाको बार्षिक नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी ढंगले परिचालन गराउन, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति तथा व्यवस्थापनका काम कारवाहीलाई पारदर्शी बनाउन, संस्थाको समग्र गतिविधिहरुको बारेमा सदस्यहरुलाई जानकारी गराउन र संस्थाको कार्यलाई थप प्रभावकारी बनाउन रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले बताउनु भयो ।

 
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप