काठमाडौं । मकवानपुरमा साकोसहरुका लागि ऋण परामर्श तालिम प्रदान गरिएको छ । नेफ्स्कून फिल्ड कार्यालय मकवानपुरको आयोजनामा हेटौडा–५ मकवानपुरमा भदौ ९ गते सञ्चालित तालिममा मकवानपुरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट २६ जनाको उपस्थिति रहेको थियो ।
तालिमको समापन नेफ्स्कूनकी सञ्चालक एवम् फिल्ड व्यवस्थापन उपसमिति संयोजक विद्या कोइरालाको अध्यक्षता र मकवानपुर फिल्ड व्यवस्थापन उपसमिति सदस्य राजेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो ।
फिल्ड व्यवस्थापन उपसमिति सदस्य राजेन्द्र पौड्यालले सम्पूर्ण सहकारीले सहकारी सञ्जाल भित्र मात्र कारोबार गरे सहकारीमा कुनै समस्या आइनपर्ने बताउनुभयो ।
नेफ्स्कूनकी सञ्चालक विद्या कोइरालले तालिमबाट प्राप्त ज्ञान सीप संस्थामा कार्यान्वनमा ल्याउन र सहकारीका मुल्य र सिद्धान्तको परिपालना गर्न सहभागीहरु सबैमा अनुरोध गर्नुभएको थियो ।
तालिम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नुभएको थियो भने व्यवस्थापन सहजीकरण मकवानपुर फिल्ड कार्यालयकी इन्चार्ज ज्योति महतले गर्नुभएको थियो ।
७ घण्टा अगाडि
८ घण्टा अगाडि
८ घण्टा अगाडि
२३ घण्टा अगाडि
२४ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
८ घण्टा अगाडि
३ दिन अगाडि
७ घण्टा अगाडि
२३ घण्टा अगाडि
५७५ दिन अगाडि
६६४ दिन अगाडि
६८४ दिन अगाडि
६८५ दिन अगाडि