हाम्रो साकोसको आयोजनामा एक्सेस बागमती तेस्रो क्लष्टरको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो साकोसको आयोजनामा एक्सेस बागमती तेस्रो क्लष्टरको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न

काठमाडौं । हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा एक्सेस बागमती तेस्रो क्लष्टरमा सहभागी साकोसहरुबीच आज ३०औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । आयोजक साकोसका अध्यक्ष शम्भूप्रसाद  फुयालको अध्यक्षतामा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा हुनुहुन्थ्यो । 

एक्सेस ब्राण्डिङ कार्यक्रमको तेश्रो बागमती क्षेत्रमा सम्मिलित ६ वटा संस्थाहरुको सहभागितामा उक्त कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा सहभागी संस्थाहरुले आ–आफ्ना संस्थाको पछिल्लो प्रतिवेदनहरु प्रस्तुत गर्दै हालको वित्तीय बजारको समीक्षा गरेका थिए ।

प्रमुख अतिथि नवराज सापकोटाले सहकारीका सिद्धान्त र मुल्य मान्यता प्रति सचेत रहेर बचत तथा ऋण सहकारी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले एक्सेस कार्यक्रमले संस्थाको सबलीकरण गरेको र बर्तमान अवस्थामा एक्सेस आवद्ध संस्थाहरूमा रहेको तरलताले पनि यसको पुष्टि गरेको कुरा ब्यक्त गर्नुका साथै सरकारले सहकारी प्रति गर्नु पर्ने ब्यवहारको चर्चा गर्नुभयो । बचत तथा ऋणको कारोबार गर्ने संस्था अन्य भन्दा अझ बढी संवेदनशील हुनेहुँदा सहकारीमा सुशासन कायम गर्नुपर्नेतर्फ उहाँले सबैलाई सचेत गराउनुभएको थियो । 

कार्यशालाको सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेम वाग्लेले गर्नुभएको थियो । हाम्रो साकोसका अध्यक्ष फुयालले संस्थाहरुले संस्थागत सुशासन र दीगोपनका लागि असल अभ्यासहरुमा लाग्नु पर्नेमा जोड दिँदै असल अभ्यासको आदानप्रदानले सिंगो अभियानलाई राम्रो बनाउने विचार व्यक्त गर्नुभएको थियो ।

कार्यशाला संस्थाहरुको प्रगतिको समीक्षा र जोखिम भरित सम्पत्ति र पँुजी पर्याप्तता कोष सम्बन्धी कार्याशाला गरी २ वटा पक्षमा केन्द्रित रहँदै महत्वपूर्ण निश्कर्षहरु सहित समापन भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप