अक्कू फोरम सहभागिताका लागि नेफ्स्कूनका अध्यक्ष सहित साकोस प्रतिनिधि टोलि आज थाइल्याण्ड प्रस्थान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अक्कू फोरम सहभागिताका लागि नेफ्स्कूनका अध्यक्ष सहित साकोस प्रतिनिधि टोलि आज थाइल्याण्ड प्रस्थान

काठमाडौं । एशियाली क्रेडिट युनियनहरुको फोरम २०२२, अगस्ट २९ देखि सेप्टेम्बर १ तारिख (२०७९ भाद्र १३ देखि १६) सम्म थाइल्याण्डको बैंककमा आयोजना हुँदैछ । फोरममा सहभागिताका लागि आज नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल सहित बचत तथा ऋण सहकारी अभियानकर्मीहरु थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, सहायक कार्यकारी अधिकृत एवम् प्राचार्य सञ्जयराज तिमिल्सीना र सहायक कार्यकारी अधिकृत एवम् प्रशासन विभाग प्रमुख राधेश्याम श्रेष्ठले सहभागीहरुलाई विमानस्थलबाट सहभागिताका लागि शुभकामना सहित विदाई गर्नुभएको थियो । केही सहकारीकर्मीहरु भने फोरम सहभागिताका लागि भोलि बैंकक जाँदै हुनुहुन्छ । 

अक्कू फोरम २०२२ ले यस बर्षका लागि “कोभिड १९ बाट पुर्नउत्थानका लागि हरित समावेशी तथा सामनाशक्ति विकासको मार्ग” (Greener, Inclusive, Resilient Path to COVID-19 Recovery) भन्ने थिम तय गरेको छ । फोरमसँगै एशियाली ऋण महासंघको ४१औं चुनावी साधारणसभा समेत सम्पन्न गर्ने कार्यक्रम रहेको छ । उक्त साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनका साथै अभियानलाई नयाँ मार्गदर्शन गर्नेछ । उक्त फोरममा नेपाल लगायत १६ देशका ३३५ बचत ऋण सहकारी अभियानकर्मीहरु सहभागी हुनेछन् ।

एशियाली ऋण महासंघ (ACCU), क्रेडिट युनियन लिग अफ थाइल्याण्ड (CULT) र थाइल्याण्डको बचत तथा ऋण सहकारी महासंघ (FSCT) को संयुक्त आयोजना रहेको अक्कू फोरमले महामारी र जलवायु परिवर्तनको प्रभावले क्रेडिट युनियनहरुको इच्छालाई सँधै चुनौति दिइरहेको, जसले आफ्ना सदस्यहरुको जीवनस्तर सुधार गर्न, गरिब र प्रभावित साथै विश्वव्यापी आय वितरणको तल्लो ६० प्रतिशत घरपरिवारको रुपमा रहेका सदस्यहरुको लागि आवश्यक रिकभरीका समावेशी र लचिलो उपायमार्फत परिवर्तनको अनुभव दिलाउन प्रयत्नरत रहने जनाएको छ । सो अवसरमा FSCT को ५०औं बार्षिकोत्सव समारोह समेत एकसाथ मनाइँदैछ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप