एक्सेस कार्यक्रम अन्तर्गत पूर्वका साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस कार्यक्रम अन्तर्गत पूर्वका साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

काठमाडौं । किसान कल्याण साकोसको आयोजनामा साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम–एक्सेस अन्तर्गत मेची कोशी क्लस्टर प्रथमको ३०औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । कार्यक्रम साकोसका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता र प्रदेश नं. १ प्रदेश सभाका उप सभामुख माननीय सरस्वती पोखरेलको प्रमुख आतिथ्यतामा भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेश नं. १ प्रदेश सभा उप–सभामुख माननीय सरस्वती पोखलेरले पहिला सहकारीको सदस्यता लिन सहकारी खोज्दै हिड्नुपर्नेमा अहिले प्रत्येक घर सहकारी भएको तर त्यसलाई व्यस्थापन गर्नु चुनौती रहेको औल्याउनु भयो । सहकारीहरुले सुशासनमा रहि सहकारी ऐन, नियम अनुसार व्यवस्थित रुपमा सञ्चालन गरि सदस्यमैत्री योजना निर्माण तथा कार्यान्वयन गरिरहेका संस्थाहरुमा अहिलेपनि कुनै समस्या नरहेको जिकीर गर्नु भयो । कार्यक्रममा सहभागी सातै वटा साकोसहरुमा सुशासनमा सञ्चालित भएकाले समस्या समाधान गर्न आजको कार्यक्रमले थप महत्वपूर्ण भुमिका खेल्नेमा जोड दिनुभयो ।

कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत द्वय कोमल राज अधिकारी र रामकृष्ण भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला बचत संघ सुनसरीका लेखा सुपरिवेक्षण समिति संयोजक फडिन्द्र प्रसाद दाहाल र मेची कोशी प्रथम व्याचका ७ ओटा सहकारीहरु साहारा नेपाल साकोस, इटहरा साकोस, रमाईलो जनएकता साकोस, मोरङ्ग साकोस, महिला साकोस, मनकामना साकोस र किसान कल्याण साकोसका सञ्चालक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । 
कार्यक्रम किसान कल्याण साकोसका कोषाध्यक्ष गोमा कुमारी गिरीले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा किसान कल्याण साकोसका उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठले स्वागत मन्तव्य दिदैँ २०६८ साल देखी एक्सेस कार्यक्रममा सहभागी भएर संस्थालाई व्यावसायिक तथा सुशासनमा हिडाउँदै आजको अवस्था सम्म आईपुगेको बताउनुभएको थियो ।

अतिथि जिल्ला बचत संघ सुनसरीका लेखा सुपरिवेक्षण समिति संयोजक फडिन्द्र प्रसाद दाहालले सहकारी अभियानमा लागेर संस्था सञ्चालनका नीति, नियम र प्रविधि नवुझ्नु अझै पनि निन्द्रामा रहनु भएकोले नीति, नियम र प्रणालीमा सवै सहकारीहरु आउनुपर्नेमा जोड दिनुभएको थियो ।

अध्यक्ष शालिकराम ढकालले एक्सेसका ८६ ओटा सुचक पुरा गर्न ४ बर्ष लागेको अनुभवका प्रदान गर्दै राज्यले राज्यका कानुनलाई सम्मान गरेर अगाडी बढ्ने संस्थालाई सुरक्षण गर्ने र राज्यका कानुनलाई अपमान गर्ने संस्थालाई कार्वाहीको दायरामा ल्याउनुपर्ने अन्यथा सदस्यहरुले हिरा र हलुङ्गे बिचको फरक छुट्याउन नसक्ने धारणा व्यक्त गर्नु भयो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप