सहकारीका समसामयिक विषयहरुमा महासंघ र नेफ्स्कूनबीच छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीका समसामयिक विषयहरुमा महासंघ र नेफ्स्कूनबीच छलफल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेल र महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बालाई भेट गरी साकोस अभियानका समसामयिक विषयहरुमा ध्यानाकर्षण गराएको छ । आज महासंघमा आयोजित संक्षिप्त भेटघाटका क्रममा नेफ्स्कूनका का.बा. अध्यक्ष चन्द्र प्रसाद ढकाल र निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीनाले गत आइतबार, भाद्र १९ गते नेफ्स्कूनमा आयोजित साकोस सञ्जालबीचको वृहत अन्तरक्रिया र सञ्जालद्वारा जारी गरिएको ७ बुँदे समुहिक प्रतिबद्धताका बारेमा जानकारी गराउनुभएको थियो । 

महासंघका अध्यक्ष कंडेलले बचत तथा ऋण सहकारी अभियानको श्रीवृद्धिमा महासंघ सँधै गम्भीर रहेको बताउँदै साकोस सञ्जालद्वारा जारी ७ बुँदे प्रतिबद्धताप्रति महासंघको तर्फबाट ऐक्यवद्धता जाहेर गर्नुभएको थियो । नेफ्स्कूनको अगुवाईमा विषयगत जिल्ला संघहरु र प्रदेश बचत संघको समेत ऐक्यवद्धता सहितको निश्कर्षले साकोस अभियानको शुद्धीकरण, स्तरीकरण र सुदृढीकरणमा ठोस पहलकदमी रहने विश्वास लिएको अध्यक्ष कंडेलले बताउनभुयो । 

नेफ्स्कूनका का.बा. अध्यक्ष ढकालले संघले आयोजना गरेको साकोस सञ्जालबीचको अन्तरक्रियाले अभियानका समसामयिक विषयहरुमा एक चरणको धारणा विकास गरी कार्यान्वयन तहमा प्रवेश गरेको उल्लेख गर्नुभयो । साकोस अभियानबीचको ऐक्यवद्धतामा कहि कतै कमी नआओस् भन्नेमा साकोस अभियानमा सबैनै जिम्मेवार रहेको र नेफ्स्कून सँधै निर्देशकको भूमिकामा रहेर काम गरोस् भन्ने भावना अभियानबाट प्रकट भएको उहाँले प्रष्ट्याउनुभयो । 

महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले सहकारीको सबैभन्दा ठूलो हिस्सा ओगट्ने बचत तथा ऋण सहकारी संस्थाको शुद्धीकरण पहिलो प्राथमिकतामा रहेको र महासंघले पनि त्यसैमा बढि जोड दिएर हेरिरहेको बताउनुभयो । बचत तथा ऋण सहकारी अभियान सबैको साझा अभियान हो, यसमा कसैले पनि अन्यथा लिननहुने उहाँले प्रप्ट पार्नुभएको थियो । 

संघका निमित्त प्र.का.अ. तिमिल्सीनाले महासंघ सबैको माउ निकाय भएकोले अब अभियानको सुदृढीकरणका निम्ति चाल्नुपर्ने कदमहरुका विषयमा छलफल जरुरी रहेको धारणा व्यक्त गर्दै साकोस सञ्जालद्वारा व्यक्त ७ बुँदे प्रतिबद्धताहरुबारे प्रष्ट्याउनुभएको थियो । 

नेफ्स्कूनको अगुवाईमा बागमती प्रदेश बचत संघ, काठमाण्डौं, ललितपुर र भक्तपुर बचत संघका पदाधिकारी एवम् प्रमुख कार्यकारी अधिकृत सहितको उपस्थितिका बीच भाद्र १९ गते सम्पन्न अन्तरक्रियाद्वारा जारी गरिएको साकोस सञ्जालको ७ बुँदे प्रतिबद्धताः

 ()    साकोस सञ्जाललाई नीतिगत सर्वोच्चता कार्यगत स्वायत्तताको नमुनामा सञ्चालन गर्ने यसको लागि अभियानमा आवश्यक प्रविधि विकास, नीतिगत व्यवस्थामा बहस पैरवीको नेतृत्व, तालिम तथा क्षमता विकासका पाठ्यक्रम विकासमा सदस्य संघहरुको सहभागिता सहित साझा स्वामित्व स्थापित गराउने यसका लागि नेफ्स्कूनले साकोस सञ्जाल व्यवस्थापन नमुना निर्माण गरी सदस्य संघहरुसँग छलफल गर्ने,

()    जिल्ला प्रदेश संघहरु समेतको स्वामित्व रहने गरी साकोस अभियानको संरक्षण, सुशासन प्रवर्धन, छवी निर्माण गर्न सहयोगी हुने चेतनामुलक सामाग्री विकास, प्रकाशन एवम् प्रसारण गर्ने,

()    साकोस अभियानको वित्तीय, प्राविधिक एवम् मानव स्रोतको व्यवस्थापन, परिचालन उपयोगमा सञ्जाललाई प्राथमिकता दिने

()    बहस, पैरवी अन्य समसामयिक सवालमा साकोस अभियानको आधिकारिक धारणा विकास गर्दा प्रदेश एवम् जिल्ला बचत संघसँगको समन्वयमा नेफ्स्कून मार्फत विकास गरी सार्वजनिक गर्ने प्रदेश एवम् जिल्ला संघले सोहि धारणा अनुरुप आफ्ना कार्य, योजना, बहस, पैरवी लगायतका कार्यहरु गर्ने  

()    साकोस सञ्जालमा साझा सेवाहरुको विकास एवम् हस्तान्तरण सोको उपयोग सम्बन्धमा आधिकारिक धारणा, कार्यविधि स्रोतको बाँडफाँड सम्बन्धमा संघका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा प्रदेश बचत संघ जिल्ला बचत संघका व्यवस्थापन प्रमुख सम्मिलित कार्यदल निर्माण गरी मासिक समीक्षा गर्ने व्यवस्थापनले प्रदान गरेको धारणाको आधारमा नेतृत्वले आवश्यक निर्णय एवम् सहजीकरण गर्ने,

()    नेफ्स्कूनको संयोजनमा प्रदेश बचत संघ जिल्ला बचत संघका पदाधिकारीहरुको बैठक त्रैमासिकरुपमा बसी समसामयिक सवालहरुमा व्यवस्थापनबाट प्राप्त प्राविधिक सुझावको आधारमा समीक्षा गरी प्राथमिकता निर्धारण गर्ने,

()    नेफ्स्कून, प्रोस्कून जिल्ला बचत संघको संयुक्त अनुगमन कार्यदल बनाई जोखिमउन्मुख संस्थाहरुको अनुगमन गर्ने सोको लागि प्रोस्कून जिल्ला बचत संघको सुझाव (पृष्ठपोषण)को आधारमा अनुगमन औजार विकास गर्ने अनुगमनको दायरा क्रमिकरुपमा विस्तार गर्दै लैजाने  

भर्खरै
महिला अभियान साकोस मकवानपुरमा स्क्यान तथा प्रोवेसन सुपरिवेक्षण सम्पन्न 
महिला अभियान साकोस मकवानपुरमा स्क्यान तथा प्रोवेसन सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

पुल्चोक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
पुल्चोक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

लेटागं साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 
लेटागं साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 

२३ घण्टा अगाडि

रुपन्देही स्थित लुम्बिनी साकोसको स्थलगत निरिक्षण सम्पन्न
रुपन्देही स्थित लुम्बिनी साकोसको स्थलगत निरिक्षण सम्पन्न

२४ घण्टा अगाडि

पनौती स्थित सामुदायिक साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 
पनौती स्थित सामुदायिक साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 

२ दिन अगाडि

जयलक्ष्मी साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न
जयलक्ष्मी साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा सञ्चालित सिटिइभिटि अन्तर्गतको म्यानेजर्स कोर्षको अनुभव
नेफ्स्कूनद्धारा सञ्चालित सिटिइभिटि अन्तर्गतको म्यानेजर्स कोर्षको अनुभव

२ दिन अगाडि

जन जागृति साकोसमा नेफ्स्कूनको पहिलो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
जन जागृति साकोसमा नेफ्स्कूनको पहिलो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
महिला जागृति साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
महिला जागृति साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

जन जागृति साकोसमा नेफ्स्कूनको पहिलो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
जन जागृति साकोसमा नेफ्स्कूनको पहिलो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

महिला अभियान साकोस मकवानपुरमा स्क्यान तथा प्रोवेसन सुपरिवेक्षण सम्पन्न 
महिला अभियान साकोस मकवानपुरमा स्क्यान तथा प्रोवेसन सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

जयलक्ष्मी साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न
जयलक्ष्मी साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

मञ्जुश्री साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
मञ्जुश्री साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

रुपन्देही स्थित लुम्बिनी साकोसको स्थलगत निरिक्षण सम्पन्न
रुपन्देही स्थित लुम्बिनी साकोसको स्थलगत निरिक्षण सम्पन्न

२४ घण्टा अगाडि

नयाँपाटी साकोसद्वारा पूर्व नेतृत्व अभिमुखिकरण कार्यक्रम सम्पन्न 
नयाँपाटी साकोसद्वारा पूर्व नेतृत्व अभिमुखिकरण कार्यक्रम सम्पन्न 

४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप