चौतारी साकोसको आयोजनामा काठमाडौंका साकोसहरुबीच असल सिकाई अभ्यास आदानप्रदान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चौतारी साकोसको आयोजनामा काठमाडौंका साकोसहरुबीच असल सिकाई अभ्यास आदानप्रदान 

काठमाडौं । जोखिममा आधारित साकोस सुवरिवेक्षण कार्यक्रम कर्ब्स काठमाडौं समूहको १२ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । 

चौतारी बचत तथा ऋण सहकारी संस्था लि.कागेश्वरी मनोहरा ३, भद्रबास काठमाडौंको आयोजना र नेफ्स्कून साथै कास्कूनको प्राविधिक सहयोगमा कार्यशाला सञ्चालन गरिएको थियो । 

आयोजक साकोसका अध्यक्ष तुलसीराम पुडासैनीको अध्यक्षता र नेफ्स्कूनका का.बा.अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा  नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, कास्कूनका सचिव शालिकराम पुडासैनी, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ का वडाअध्यक्ष राममणी पुडासैनी, नगरापालिका सहकारी शाखाकी कर्मचारी अनिता तामाङ लगायतको विशेष आतिथ्यता रहेको थियो ।

जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा सहभागी काठमाडौंका शुभसेवा साकोस, देग साकोस, कदर साकोस, अविछिन्न साकोस, डल्लु एकता साकोस, धादिङ मण्डली साकोस र आयोजक साकोस चौतारीका पदाधिकारी,  कर्ब्स कार्यदल संयोजक एव सदस्यहरु, व्यवस्थापक तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । 

नेफ्स्कूनका का.बा. अध्यक्ष ढकालले सबै बचत तथा ऋण सहकारी संस्थाहरु अब नेफ्स्कूनको छाता मुनि रहेर गुणस्तर सुनिश्चितताका कार्यक्रममा जोडिनुको विकल्प नरहेको चर्चा गर्नुभयो । 
नगरपालिकाका सहकारी हेर्ने कर्मचारीहरुले पनि सहकारी सुशासनका लागि स्तरीकरण कार्यक्रमको महत्व र सान्दर्भिकतामाथी बुझेर सबै सहकारीहरुलाई स्तरीकृत साकोस निर्माणको अभियानमा जुट्न आव्हान गरेर सहयोग पुर्याउनुहुन अनुरोध गर्नुभयो ।  

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले जोखिममा आधारित साकोस सुवरिवेक्षण कार्यक्रम साकोसको जोखिम न्यूनीकरणका लागि अत्यन्त महत्वपूर्ण कार्यक्रम रहेको चर्चा गर्दै कर्ब्स कार्यदलले कार्यक्रम प्रभावकारिताका लागि आआफ्नो ठाउँमा रहेर पहल गर्नुपर्ने बताउनुभयो । 

उहाँले जोखिम रहित बचत तथा ऋण सहकारी संस्थाहरु जस्तोसुकै संकटको वेलामा पनि अप्ठ्यारोमा नपर्ने स्पष्ट पार्नुभयो । 

कार्यक्रममा सहभागी साकोस प्रतिनिधिहरुले आ–आफ्नो वित्तीय अवस्थाहरुबारे प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनाली र कास्कूनका कार्यक्रम अधिकृत नवराज सुवेदीले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप