सहकारीका समसामयिक समस्या समाधानका उपायहरु सहित नेफ्स्कून र बचत संघहरुबीच वृहत अन्तरक्रियाः साकोस सञ्जालको ७ बुँदे प्रतिवद्धता सार्वजनिक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीका समसामयिक समस्या समाधानका उपायहरु सहित नेफ्स्कून र बचत संघहरुबीच वृहत अन्तरक्रियाः साकोस सञ्जालको ७ बुँदे प्रतिवद्धता सार्वजनिक

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले बागमती प्रदेश बचत संघ, काठमाण्डौ, ललितपुर र भक्तपुर बचत संघका पदाधिकारी एवम् प्रमुख कार्यकारी अधिकृत बीच सहकारीका समसामयिक विषयहरुमा अन्तरक्रिया गरेको छ । 

आइतबार नेफ्स्कूनका का.बा. अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा संघको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रमले सहकारीका समसामयिक विषयहरुमा ७ बुँदे सामुहिक प्रतिबद्धता निर्माण गरेको छ । विषयगत जिल्ला संघहरुको  प्रतिनिधिमुलक उपस्थितिका बीच गरिएको प्रतिबद्धता समग्र साकोस अभियानको साझा प्रतिबद्धताको रुपमा कार्यान्वयन हुने जनाइएको छ । 

साकोस सञ्जालको ७ बुँदे प्रतिवद्धता

(क)    साकोस सञ्जाललाई नीतिगत सर्वोच्चता र कार्यगत स्वायत्तताको नमुनामा सञ्चालन गर्ने । यसको लागि अभियानमा आवश्यक प्रविधि विकास, नीतिगत व्यवस्थामा बहस पैरवीको नेतृत्व, तालिम तथा क्षमता विकासका पाठ्यक्रम विकासमा सदस्य संघहरुको सहभागिता सहित साझा स्वामित्व स्थापित गराउने । यसका लागि नेफ्स्कूनले साकोस सञ्जाल व्यवस्थापन नमुना निर्माण गरी सदस्य संघहरुसँग छलफल गर्ने,

(ख)    जिल्ला र प्रदेश संघहरु समेतको स्वामित्व रहने गरी साकोस अभियानको संरक्षण, सुशासन प्रवर्धन, छवी निर्माण गर्न सहयोगी हुने चेतनामुलक सामाग्री विकास, प्रकाशन एवम् प्रसारण गर्ने,

(ग)    साकोस अभियानको वित्तीय, प्राविधिक एवम् मानव स्रोतको व्यवस्थापन, परिचालन र उपयोगमा सञ्जाललाई प्राथमिकता दिने, 

(घ)    बहस, पैरवी र अन्य समसामयिक सवालमा साकोस अभियानको आधिकारिक धारणा विकास गर्दा प्रदेश एवम् जिल्ला बचत संघसँगको समन्वयमा नेफ्स्कून मार्फत विकास गरी सार्वजनिक गर्ने । प्रदेश एवम् जिल्ला संघले सोहि धारणा अनुरुप आफ्ना कार्य, योजना, बहस, पैरवी लगायतका कार्यहरु गर्ने । 

(ङ)    साकोस सञ्जालमा साझा सेवाहरुको विकास एवम् हस्तान्तरण र सोको उपयोग सम्बन्धमा आधिकारिक धारणा, कार्यविधि र स्रोतको बाँडफाँड सम्बन्धमा संघका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा प्रदेश बचत संघ र जिल्ला बचत संघका व्यवस्थापन प्रमुख सम्मिलित कार्यदल निर्माण गरी मासिक समीक्षा गर्ने । व्यवस्थापनले प्रदान गरेको धारणाको आधारमा नेतृत्वले आवश्यक निर्णय एवम् सहजीकरण गर्ने,

(च)    नेफ्स्कूनको संयोजनमा प्रदेश बचत संघ र जिल्ला बचत संघका पदाधिकारीहरुको बैठक त्रैमासिकरुपमा बसी समसामयिक सवालहरुमा व्यवस्थापनबाट प्राप्त प्राविधिक सुझावको आधारमा समीक्षा गरी प्राथमिकता निर्धारण गर्ने,

(छ)    नेफ्स्कून, प्रोस्कून र जिल्ला बचत संघको संयुक्त अनुगमन कार्यदल बनाई जोखिमउन्मुख संस्थाहरुको अनुगमन गर्ने । सोको लागि प्रोस्कून र जिल्ला बचत संघको सुझाव (पृष्ठपोषण)को आधारमा अनुगमन औजार विकास गर्ने । अनुगमनको दायरा क्रमिकरुपमा विस्तार गर्दै लैजाने । 

कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईं, कास्कूनका उपाध्यक्ष नवराज अर्याल, भक्तपुर जिल्ला बचत संघका कोषाध्यक्ष कान्छाभक्त घजु लगायत सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । नेफ्स्कूनको तर्फबाट उच्च व्यवस्थापन कर्मचारीहरु उपस्थित हुनुहुन्थ्यो ।  


 
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप