सुदूरपश्चिममा सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदूरपश्चिममा सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन

कैलाली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) कञ्चनपुर फिल्ड कार्यालयको आयोजनामा कञ्चनपुर र कैलाली जिल्लामा सञ्चालित सहकारीहरुका लागि भाद्र २२ गते बुधबार एक दिवसीय कोपोमिस तालिम प्रदान गरिएको छ । 

नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य भुपेन्द्र थापाको अध्यक्षतामा सञ्चालन भएको तालिमको प्रमुख आतिथ्यतामा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी रहनुभएको थियो । 

कार्यक्रममा नेफ्स्कून कञ्चनपुर फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य सुरत बहादुर बोगटी, प्रेमलता गौतम, कञ्चनपुर बचत संघका सञ्चालक सदस्य बसन्त भट्ट, कञ्चनपुर म्यानेजर क्लबका अध्यक्ष गणेश भट्ट, उपाध्यक्ष अशोक जोशी, नेफ्स्कूनका सूचना प्रविधि अधिकृत प्रविन अधिकारी, कैलाली म्यानेजर्स क्लवका कोषाध्यक्ष प्रकाश कुमार जोशी, सदस्य बिष्णु उपाध्याय, धनगडी सेवा केन्द्र प्रमुख योगेश बोहरा लगायतको सहभागिता रहेको थियो । 

प्रमुख अतिथि नेफस्कूनका महासचिव दामोदर अधिकारीले सहकारी संस्थाले राज्यले ल्याएका सवै कानुनको परिपालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । बचत तथा ऋणको कारोबार गर्ने संस्था अन्य भन्दा अझ बढी संवेदनशील हुनेहुँदा सहकारीमा सुशासन कायम गर्नुपर्नेतर्फ सचेत गराउँदै उहाँले सबै सहकारी संस्थाले अनिवार्य रुपमा कोपोमिस प्रणालीमा संस्थाका समष्टिगत डाटा प्रविष्टि गर्न अनुरोध गर्नुभएको थियो ।  

फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य सुरत बोगटीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । तालिममा विभिन्न संस्थाका ५५ जनाको सहभागिता रहेको थियो । तालिम सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत प्रविन अधिकारी र कार्यक्रम सञ्चालना तथा ब्यवस्थापन कञ्चनपुर फिल्ड कार्यालय ईन्चार्ज यम बहादुर डाँगीले गर्नु भएको थियो । 


 

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३३ दिन अगाडि

पाठकबाट थप