सुदूरपश्चिममा सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदूरपश्चिममा सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन

कैलाली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) कञ्चनपुर फिल्ड कार्यालयको आयोजनामा कञ्चनपुर र कैलाली जिल्लामा सञ्चालित सहकारीहरुका लागि भाद्र २२ गते बुधबार एक दिवसीय कोपोमिस तालिम प्रदान गरिएको छ । 

नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य भुपेन्द्र थापाको अध्यक्षतामा सञ्चालन भएको तालिमको प्रमुख आतिथ्यतामा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी रहनुभएको थियो । 

कार्यक्रममा नेफ्स्कून कञ्चनपुर फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य सुरत बहादुर बोगटी, प्रेमलता गौतम, कञ्चनपुर बचत संघका सञ्चालक सदस्य बसन्त भट्ट, कञ्चनपुर म्यानेजर क्लबका अध्यक्ष गणेश भट्ट, उपाध्यक्ष अशोक जोशी, नेफ्स्कूनका सूचना प्रविधि अधिकृत प्रविन अधिकारी, कैलाली म्यानेजर्स क्लवका कोषाध्यक्ष प्रकाश कुमार जोशी, सदस्य बिष्णु उपाध्याय, धनगडी सेवा केन्द्र प्रमुख योगेश बोहरा लगायतको सहभागिता रहेको थियो । 

प्रमुख अतिथि नेफस्कूनका महासचिव दामोदर अधिकारीले सहकारी संस्थाले राज्यले ल्याएका सवै कानुनको परिपालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । बचत तथा ऋणको कारोबार गर्ने संस्था अन्य भन्दा अझ बढी संवेदनशील हुनेहुँदा सहकारीमा सुशासन कायम गर्नुपर्नेतर्फ सचेत गराउँदै उहाँले सबै सहकारी संस्थाले अनिवार्य रुपमा कोपोमिस प्रणालीमा संस्थाका समष्टिगत डाटा प्रविष्टि गर्न अनुरोध गर्नुभएको थियो ।  

फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य सुरत बोगटीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । तालिममा विभिन्न संस्थाका ५५ जनाको सहभागिता रहेको थियो । तालिम सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत प्रविन अधिकारी र कार्यक्रम सञ्चालना तथा ब्यवस्थापन कञ्चनपुर फिल्ड कार्यालय ईन्चार्ज यम बहादुर डाँगीले गर्नु भएको थियो । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

७ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

८ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप