कञ्चनपुरमा साकोसहरुका लागि बार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कञ्चनपुरमा साकोसहरुका लागि बार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन  

कञ्चनपुर । कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कञ्चनपुरको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा भाद्र २० र २१ गते सञ्चालित बार्षिक योजना तथा बजेट निर्माण तालिम मंगलबार सम्पन्न भएको छ । 

सिएमसी कञ्चनपुरका अध्यक्ष गणेश भट्टको अध्यक्षतामा सञ्चालन भएको तालिमको समापन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । 

नेफ्स्कूनका महासचिव अधिकारीले नेफ्स्कूनका सबै प्रकारका बस्तु तथा सेवाहरु लिएर सबल, दिगो र सुशासित साकोस निर्माणमा पहल गर्न सहभागीहरुलाई अनुरोध गर्नुभएको थियो । नेफ्स्कून बचत तथा ऋण सहकारी संस्थाको एक मात्र केन्द्रीय संघ भएको र साकोसका हरेक समस्याको समाधानको सामथ्र्य राख्न सक्ने संघ भएकोले ढुक्कसँग नेफ्स्कूनका सेवाहरु लिन र साकोसमा आईपर्न सक्ने समस्याको समाधान नेफ्स्कून मार्फत गर्न सकिनेमा जोड दिनुभएको थियो । उहाँले बचत तथा ऋणको कारोबार गर्ने संस्था अन्यको तुलनामा अझ बढी संवेदनशील हुनेहुँदा सहकारीमा सुशासन कायम गर्नुपर्नेतर्फ सबैको ऐक्यवद्धता आवश्यक रहने बताउनुभयो ।  

दुई दिने तालिमको सहजीकरण महासचिव दामोदर अधिकारी र नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो । 

तालिममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ३० जनाको सहभागिता रहेको थियो । तालिम सहजीकरणका क्रममा सहजकर्ता अधिकारीले विभिन्न उत्प्रेरणात्मक र रणनीति निर्माण योजनाका तौरतरिकाहरु बारे प्रयोगात्मक अध्यास समेत गराउनुभएको थियो । 

कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन कञ्चनपुर कोअरेटिभ म्यानेजर्स क्लवका सचिव वसन्त भट्टले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.कञ्चनपुरका अध्यक्ष भवानि चन्द, कञ्चनपुर कोओपरेटिभ म्यानेजर्स क्लवका संस्थापक अध्यक्ष कमला भण्डारी, नेफ्स्कूनका तालिम अधिकृत रबिन्द्र श्रेष्ठ, कञ्चनपुर फिल्ड कार्यालय ईन्चार्ज यम बहादुर डाँगी लगायतको उपस्थिति थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप