अन्ततः सरकारले गर्यो सहकारीको आयकर बृद्धि फिर्ताको निर्णय
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्ततः सरकारले गर्यो सहकारीको आयकर बृद्धि फिर्ताको निर्णय

काठमाडौं । सरकारले आर्थिक बर्ष २०७९/८० को बजेट मार्फत बढाएको सहकारीको आयकर बृद्धि फिर्ता लिएको छ । आर्थिक ऐन २०७९ संशोधन गर्दै सरकारले आज सहकारीको नाफामा लाग्ने आयकर बृद्धिको रकमलाई घटाई साविक (वृद्धि हुनु पूर्व) बमोजिम कायम रहने निर्णय गरेको छ । 

आर्थिक वर्ष २०७९/८० को बजेटले सहकारी संस्थालाई कर छुट हुने बाहेकको कारोबारमा नगरपालिका क्षेत्रभित्र ७.५ प्रतिशत, उपमहानगरपालिका भित्र १० प्रतिशत र महानगरपालिका भित्र १५ प्रतिशत आयकर लाग्ने व्यवस्था गरेको थियो । सहकारी अभियानबाट आयकर बृद्धिको विषयमा व्यापक विरोध रहँदै आएको थियो । 

आर्थिक ऐन २०७९ मा संशोधन गर्दै सरकाले यसअघि गरिएको आयकर बृद्धिलाई घटाएर नगरपालिका क्षेत्रभित्रका सहकारीको कारोबारमा ५ प्रतिशत, उपमहानगरपालिका भित्रका सहकारीको कारोबारमा ७ प्रतिशत र महानगरपालिका भित्रका सहकारीमा १० प्रतिशत आयकर लाग्ने व्यवस्था गरेको हो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप