एक्सेस कार्यक्रम अन्तर्गत बागमती पहिलो समूहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस कार्यक्रम अन्तर्गत बागमती पहिलो समूहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ४, काभ्रेपलाञ्चोकको आयोजनामा एक्सेस कार्यक्रम बागमती पहिलो समूहको २५ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM Workshop) भाद्र २३ गते बनेपामा सम्पन्न भएको छ । 

कार्यशालामा काभ्रेपलाञ्चोक, भक्तपुर, दोलखा र रामेछाप जिल्लाका ९ वटा संस्थाहरुको उपस्थिति थियो । 

नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभाध्यक्षता आयोजक संस्था सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष प्रकाश बन्जाराले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य सामुदायिक साकोसका एक्सेस कार्यक्रम ब्यवस्थापन उपसमिति संयोजक एवं कोषाध्यक्ष प्रताप ताम्राकारले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्र र बन्द सत्र संस्थाका सचिव मुकुन्द शर्माले गर्नुभएको थियो । 

प्रमुख अतिथि ढकालले मन्तब्यको क्रममा सहकारी एक्सेसमा सहभागी संस्थाहरु नेफ्स्कूनको मात्र नभई नेपालकै सहकारी अभियानको गौरबको रुपमा रहेको र संस्थाहरुले हालको वर्तमान परिस्थितिमा आफ्नो छवि कायम राख्न आफ्ना सदस्यहरुसँग नियमित रुपमा सम्पर्कमा रही सदस्यलाई संस्थाप्रति अपनत्व बोध गराउने र संस्थाको अवस्थाको बारेमा नियमित रुपमा सदस्यहरुलाई जानकारी दिई संस्था सवल र सुरक्षित रहेको प्रत्याभूति दिलाउनु पर्ने र ब्यक्ति विशेष नभई पदिय दायित्व प्रमुख रहेकोले आफ्नो दायित्व बमोजिम कार्यसम्पादन गर्नुपर्ने र कुनै पनि पदमा ब्यक्ति स्थायी नहुने बताउँदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

सभाध्यक्ष बन्जाराले मन्तब्य राख्दै अब सहकारी संस्थाहरुले BIG Merge को बारेमा सोच्नु पर्ने समय आएको छ । दोहोरो सदस्यताको अन्त्य गर्न र सदस्यहरुलाई गुणस्तरिय सेवा प्रवाह गर्नका लागि एकिकरण अपरिहार्य रहेको साथै वर्तमान अवस्थामा सहकारी संस्थाहरुको विषयमा सरकार र सञ्चार आतंङबाट बचाउन विशेष भूमिका अभियानले निर्वाह गर्नुपर्ने कुरा राख्नु भएको थियो । 

कार्यक्रममा काभ्रेपलाञ्चोकका ३ वटा संस्थाहरु सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लि. र चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरका २ वटा संस्थाहरु बाराही बचत तथा ऋण सहकारी संस्था लि. र सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था लि. दोलखाका ३ वटा संस्थाहरु जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि., एकिकृत फ्रेण्डसीप बचत तथा ऋण सहकारी संस्था लि. र शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि. साथै रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लि. बाट अध्यक्ष, पदाधिकारी र उच्च ब्यवस्थापन समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । 

एक्सेस कार्यक्रममा सहभागी संस्थाहरुको समूह समूह बनाएर तीन तीन महिनामा सहकारी संस्थाहरुले एक्सेसको ८६ वटै ईण्डिकेटर अन्र्तगत सञ्चालन गरेका गतिविधि तथा एक अर्काको असल अभ्यासको आदान प्रदान गर्ने उद्देश्यका साथ कार्यकुशलता सिकाई तथा ब्यवस्थापन कार्यशाला आयोजना गर्ने गरिएको छ । 

कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) को प्राविधिक सहयोगमा सञ्चालन भएको थियो भने सहजकर्ताको रुपमा नेफ्स्कूनका वरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले रहनु भएको थियो । सहजकर्ताले वर्तमान अवस्था र अवको कार्यदिशाको बारेमा सहभागी साकोसहरुलाई मार्गदर्शन गर्नुहुदै अब सहकारी संस्थाको जोखिम विश्लेषणको लागि पल्र्स विश्लेषणका अतिरिक्त BASSEL III Norms अनुसार Risk weighted assets & Capital Adequacy Framework अनुसार बचत तथा ऋण सहकारी संस्थाको विश्लेषण गर्नुपर्ने र सहकारी संस्थामा हुनसक्ने सम्भावित जोखिमहरुको समयमा नै पत्ता लगाई जोखिम न्यूनीकरणको मा आधारित रहेर विश्लेषण गरी साकोसहरुलाई दिगो र सुरक्षित बनाउनु पर्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।

आगामी साधारण सभामा नीतिगत संशोधन पेश गर्दा युवाहरुलाई सहकारीको नेतृत्वमा आकर्षित गर्न नीतिगत व्यवस्था गर्ने, निर्वाचन सहितको साधारण सभा अगाडि पूर्व नेतृत्व अभिमुखीकरण र नेतृत्वमा आउन चाहनेहरुको फिट एण्ड प्रोपर टेस्ट गर्ने लगायतका विषयहरुमा समेत छलफल भएको थियो । आगामी २६ औं कार्यकुशलता सिकाई तथा ब्यवस्थापन कार्यशाला मन्थली साकोस रामेछापको आयोजनामा २०७९ मंसिर २३ गते आयोजना गर्ने गरी ९ वटा विषयमा साझा धारणा सहित निर्णय गर्दै कार्यशाला समापन गरिएको थियो । 
 
भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

१९ घण्टा अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

२० घण्टा अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

२ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप