सामूहिक साकोसको २४औँ वार्षिक साधारणसभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामूहिक साकोसको २४औँ वार्षिक साधारणसभा सम्पन्न 

भक्तपुर । भक्तपुर राममन्दिरस्थित सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. को २४औं बार्षिक साधारणसभा शुक्रबार, भाद्र २४ गते सम्पन्न भएको छ । 

साकोसका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

प्रमुख अतिथि अध्यक्ष पौड्यालले सामूहिक साकोस भक्तपुरमा एक उदाहरणिय साकोसको पहिचान बनाउँदै अगाडि बढिरहेको प्रति खुसी व्यक्त गर्नुभयो । उहाँले केन्द्रीय संघद्वारा सञ्चालित विभिन्न गुणस्तर सुनिश्चितताका कार्यक्रममा आवद्धता जनाई नीति, विधि, कार्यविधि सहितको संघ संस्था बनाई सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सकिने उल्लेख गर्नुभयो । अध्यक्ष पौड्यालले नेफ्स्कूनले समय सापेक्ष आफ्ना सदस्यहरुका लागि विभिन्न योजना बनाई संघ संस्थाको हितमा काम गरिरहेको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक कृष्णश्वरी प्रजापतिले सहकारी संस्थाले आर्थिक कारोवार मात्र नभई महिलाहरुका लागि सीपमूलक कार्यक्रम गरी व्यवसायिक बनाउने तर्फ पनि सहकारीको महत्वपूर्ण भूमिका निर्वाहगर्नुपर्ने बताउनुभयो । त्यसैगरी जिल्ला सहकारी संघ लि. भक्तपुरका उपाध्यक्ष कृष्ण बहादुर घजुले अहिले जति पनि संस्थाहरु बचत फिर्ता दिन नसकेका तथा समस्यामा आएका संस्थाहरु छन त्यस मध्ये धेरै जसो संस्था गैर समुदायमा आधारित तथा सुशासनमा नचलेका संस्था हुने हुँदा समुदायमा आधारित संस्थामा त्यस्तो समस्या नरहने र आफूले बचत गरेको संस्थाको जानकारी पाउनका लागि सदस्य पनि सक्रिय भई संस्थाको कार्यक्रमहरुमा सहभागी हुनुपर्ने बताउनुभयो । 

त्यस्तै भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्षले सहकारी संस्थाहरुले सदस्यलाई सहकारी शिक्षा दिनुपर्ने र सदस्यको बचत सुरक्षित गर्न सक्नुपर्ने बताउनुभयो । 

कार्यक्रमबाट आ.व. २०७८।०७९ का उत्कृष्ट बचत कर्ता रामहरि श्रेष्ठ, असल ऋणी किशोर तखाछें र उत्कृष्ट कर्मचारी गिता गलजुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । 

साकोसका अध्यक्ष राजोपाध्यायाले साकोसले गत असोजमा २५औं वार्षिकोत्सव मनाउने र वार्षिकोत्सव समारोहसँगै नवनिर्मित भवनबाट कारोबार सुभारम्भ गर्ने तयारी गरिएको जानकारी गराउनुभयो । उहाँले राष्ट्रिय सहकारी महासंघबाट २०७८ सालको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार र नेफ्स्कूनबाट उत्कृष्ठ व्यवस्थापक पुरस्कार घोषित हुनुले संस्था प्रगतिपथमा लम्किरहेको आभाष भई साकोस आगामी दिनमा दिगो संस्थागत विकासका लागि एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्दै सदस्यहरुलाई ढुक्कका साथ सहकारीको सेवा लिन आग्रह गर्नुभयो । 

कार्यक्रममा साकोसका उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजाभाइ भेलेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । २४औँ वार्षिक साधारणसभाको औपचारिक कार्यक्रम संस्थाका कर्मचारी विन्द्रा नायभाले र मुख्य सत्र संस्थाका सचिव कृष्णहरि सैँजुले सञ्चालन गर्नुभएको थियो ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप