हिमाली ब्राह्मी महिला साकोसको २९ औं बार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हिमाली ब्राह्मी महिला साकोसको २९ औं बार्षिक साधारण सभा सम्पन्न

भरतपुर ११, चितवनस्थित हिमाली ब्राह्मी बचत तथा ऋण सहकारी संस्था लि. को २९ औं वार्षिक साधारणसभा आज, भदौ २५ गते सम्पन्न भएको छ । पहिलो सत्रको अध्यक्षता संस्थाकी अध्यक्ष भवानी देवी अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कमल बहादुर मल्ल रहनुभएको थियो । विशिष्ट अतिथिहरुमा नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइराला, चितवन जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष भक्तिराम अधिकारी, चितवन जिल्ला बचत संघका अध्यक्ष हरिश्चन्द्र सुवेदी लगायत अन्य अतिथिहरुमा स्थानीय सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 

साधारणसभामा साकोसको विकासमा योगदान पुर्याउने अग्रज व्यक्ति कर्मचारी, विविध विधामा उत्कृष्ट सदस्य तथा बाल बचतकर्ताहरुलाई  सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । साकोसले संस्थापक अध्यक्ष पुरस्कार तेजमाया पौडेललाई र उत्कृष्ट कर्मचारीतर्फ कर्जा सहायक मञ्जु कार्कीलाई पुरस्कृत गरिएको थियो । 

सभामा साकोसको प्रगति विवरण, नीति तथा कार्यक्रम सचिव गिता के.सी.अधिकारीले पस्तुत गर्नुभएको थियो भने बजेट प्रतिवेदन कोषाध्यक्ष सरला घिमिरेले प्रस्तुत गर्नुभएको थियो । असार मसान्तसम्म साकोसको कुल सम्पत्ती २३ करोड ४२ लाख २९ हजार ८७५ र सदस्य संख्या १ हजार ९ सय ४७ रहेको जानकारी गराइएको थियो । 

संस्थाकी उपाध्यक्ष मिना कुमारी पाण्डेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव गिता अधिकारीले गर्नुभएको थियो । साधारणसभामा ७५ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप