बीरेन्द्रनगरमा आधारशिला तथा सहकारी सचेतना अभिमुखीकरण सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बीरेन्द्रनगरमा आधारशिला तथा सहकारी सचेतना अभिमुखीकरण  सञ्चालन

सुर्खेत । जिल्लाको बीरेन्द्रनगर नगरपालिकामा सञ्चालित विभिन्न विषयगत सहकारीहरुका लागि नेफ्स्कून र स्थानीय निकायको संयुक्त साझेदारीमा सञ्चालन हुने गरी आधारशिला कार्यक्रमको अभिमुखीकरण कार्यक्रम भाद्र २३ गते सम्पन्न भएको छ । 

नेफ्स्कून सञ्चालन एवं सुर्खेत फिल्ड कार्यालय संयोजक यज्ञप्रसाद ढकालको अध्यक्षता र बीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यतामा आधारशिला तथा सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बीरेन्द्रनगर नगरपालिकाका उप प्रमुख निलकण्ठ खनालको विशेष आतिथ्यता रहेको थियो भने बीरेन्द्रनगर नगरपालिका १६ वटै वार्डका वडा अध्यक्षहरु, बीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्यहरु, बीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, बीरेन्द्रनगर नगरपालिकाका आर्थिक तथा प्रशासन शाखा प्रमुख, सहकारी तथा समाज कल्याण शाखा प्रमुख नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख तथा सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिना, कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रस्तुतीकरण सदस्य सेवा विभाग प्रमुख  गणेश प्रसाद तिमल्सिनाले गर्नु भएको थियो । कार्यक्रममा नेफ्स्कूनका कर्मचारी गरी ३० जनाको उत्साहमूलक सहभागिता रहेको थियो । 

कार्यक्रमको खुला सत्रमा कार्यपालिका सदस्य र बिभिन्न वडाका वडा अध्यक्षहरुबाट नेफ्स्कूनले ल्याएको यो आधारशिक्षा कार्यक्रम एकदमै राम्रो रहेको यसले सहकारीहरुको वस्तु स्थितिका बारेमा पनि जानकारी गराउने र सहकारी संस्थाहरुलाई सुशासनमा ल्याउने कुरा राख्खु भएको थियो । सहकारीहरुलाई प्रविधि मैत्री बनाउनका लागि पनि यो कार्यक्रमले सहयोग पुर्याउने जानकारी गराउनु भयो । यस कार्यक्रमले यहाँका संस्थाहरुको बृद्धि विकासका लागि अत्यन्त राम्रो रहेको बताउनु भयो । 

बीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले आधारशिला कार्यक्रम महत्वपूर्ण कार्यक्रम रहेकोले यसलाई अगाडी बढाएर लग्नु पर्ने जानकारी गराउनु भयो । स्थानिय तहलाई दिएको अधिकार अनुसार बीरेन्द्रनगर नगरपालिका सँग स्कील नभएको र मेन पावर पनि नभएको बताउनु भयो । 

बीरेन्द्रनगर नगरपालिका नगर प्रमुख मोहनमाया ढकालले आधारशिला कार्यक्रम महत्वपूर्ण कार्यक्रम रहेको बताउनु भएको थियो । सहकारीलाई तीनखम्बे अर्थतन्त्रको महत्वपूर्ण अंगका रुपमा रहेका बताउँदै अहिले सदस्यहरुलाई विभिन्न सहकारी संस्थाहरुबाट ऋण लिई नतिर्ने गरेको पाइएको र जसले गर्दा सहकारीहरुमा समस्या उव्जिएको जानकारी गराउनुभयो । उहाँले सहकारीहरुले जुनसुकै कार्यक्षेत्र रहेको भए पनि बीरेन्द्रनगर नगरपालिका भित्र कार्यालय रहेको र कार्यक्षेत्र रहेको सहकारीलाई पनि हामीले अनुगमन गर्नु पर्ने बताउनु भयो । बिषयगत सहकारीहरुलाई पनि उनीहरुको विषयगत रुपमा कार्य गरी रहेको छ छैन भनी पनि हामीले अध्ययन गर्नु पर्ने कुराको जानकारी गराउनु भएको थियो । स्थानिय रुपमा उत्पादन हुने कुराहरुलाई पनि सहकारी मार्फत जोड्नुपर्नेमा जोड दिनुभयो ।  सहकारीको अनुगमन पाटोलाई बलियो बनाउँदै नेफ्स्कूनसँगको साझेदारीमा सञ्चालन हुने कार्यक्रम मार्फत स्थानीय तहमा सहकारीको विकास र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो । 

नेफ्स्कूनका सञ्चालक यज्ञप्रसाद ढकालले सुर्खेत जिल्लाको धेरै जसो सहकारीहरु बीरेन्द्रनगर नगरपालिका भित्र रहेको र पालिकाभित्रका सहकारीहरुलाई सुशासित र व्यवस्थित बनाउनु हामी सबैको कर्तव्य रहेको बताउनुभयो । साकोसहरुलाई नीति, विधि र प्रविधिमा लैजाने र नेफ्स्कूनका सेवा तथा व्यवसायमा जोडेर साकोसको शुद्धीकरण र सबलीकरणमा जोड दिन सकिने बताउनुभयो । उहाँले अहिले सहकारीहरुले अनिवार्यरुपमा कोपोमिसमा आवद्ध हुनु पर्ने पनि जानकारी गराउनु भएको थियो । नेफ्स्कूनले आधारशिला कार्यक्रमलाई विभिन्न पालिकामा विस्तार गर्दै लगेको र यसले  सहकारी सँगसँगै स्थानिय तहको समेत क्षमता बृद्धि गर्ने लक्ष्य रहेको बताउनुभयो । 

कार्यक्रममा उपस्थित सहभागिहरुलाई स्वागत मन्तव्य नेफ्स्कूनका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले गर्नु भएको थियो । कार्यक्रममा आधारशिला कार्यक्रमको आवश्यकता, सञ्चालन प्रक्रिया, सहकारी संस्थाहरुको भूमिका, आधारशिला कार्यक्रमको परिचय सहित समसामयिक विषयमा प्रस्तुतीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सुर्खेत फिल्ड कार्यालयका ईन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो भने कार्यक्रम व्यवस्थापन फिल्ड कार्यालय सहायक मदन कुमार चन्दले गर्नु भएको थियो । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप