भेरीगंगा नगरपालिकामा आधारशिला तथा सहकारी सचेतना अभिमुखीकरण सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भेरीगंगा नगरपालिकामा आधारशिला तथा सहकारी सचेतना अभिमुखीकरण सञ्चालन

सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिकामा सञ्चालित विभिन्न विषयगत सहकारीहरुका लागि नेफ्स्कून र स्थानीय निकायको संयुक्त साझेदारीमा सञ्चालन हुने गरी आधारशिला कार्यक्रमको अभिमुखीकरण कार्यक्रम भाद्र २४ गते शुक्रबार सम्पन्न भएको छ । 

भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षता र भेरीगंगा नगरपालिकाका उप प्रमुख धनसरा बोहराको प्रमुख आतिथ्यतामा आधारशिला तथा सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पोख्रेलको विशेष आतिथ्यता रहेको थियो भने भेरीगंगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष, भेरीगंगा नगरपालिकाका कार्यपालिका सदस्यहरु, भेरीगंगा नगरपालिकाका लेखा अधिकृत मान बहादुर ठाडा, कृषि शाखाका भिम कुमारी अधिकारी, पशुविकास शाखा, सहकारी शाखा, नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख तथा सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिना, कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रस्तुतीकरण सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिना सरले गर्नु भएको थियो । कार्यक्रममा नेफ्स्कूनका कर्मचारी गरी १६ जनाको उत्साहमूलक सहभागिता रहेको थियो । 

कार्यक्रमको खुला सत्रमा कार्यपालिका सदस्य र वडा अध्यक्ष ज्यूहरुबाट नेफ्स्कूनले ल्याएको यो आधारशिक्षा कार्यक्रम एकदमै राम्रो रहेको यसले सहकारीहरुको वस्तु स्थितिका बारेमा पनि जानकारी गराउने र सहकारी संस्थाहरुलाई सुशासनमा ल्याउने कुरा राख्नु भएको थियो । सहकारीहरुलाई प्रविधि मैत्री बनाउनका लागि पनि यो कार्यक्रमले सहयोग पुर्याउने जानकारी गराउनु भयो । यस कार्यक्रमले यहाँका संस्थाहरुको बृद्धि विकासका लागि अत्यन्त राम्रो रहेको बताउनु भयो । 

भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेलले यो आधारशिला कार्यक्रम अत्यन्त महत्वपूर्ण कार्यक्रम रहेकोले बताउनु भयो । यसले सहकारीहरुको सम्पूर्ण वित्तिय कारोवारको तथ्यांक संकलन गर्नमा पनि सहयोग पुर्याउने पनि जानकारी गराउनु भयो । 

भेरीगंगा नगरपालिका उप प्रमुख धनसरा बोहराले आधारशिला कार्यक्रम महत्वपूर्ण कार्यक्रम रहेको बताउनु भएको थियो । यसले सहकारीहरुको क्षमता नाप्ने काम गर्ने र सुसासनमा नरहेका सहकारीहरुलाई सुसासनमा ल्याउने बताउनु भयो । साना र निष्कृय रुपमा रहेको संस्थाहरुलाई मर्जरमा लैजान सहयोग पुग्ने र सहकारीहरुलाई नीति निर्माण गर्नु र अन्य आवश्यक तालिमबाट सहकारीका सञ्चालक र कर्मचारीहरुको क्षमता पनि बृद्धि हुने कुराको जानकारी राख्नु भयो । 

भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले अभिमुखीकरण कार्यक्रमको खुलासत्रमा आएका विभिन्न व्यक्तिहरुका जिज्ञासाहरुको सम्बोधन गर्नु भएको थियो । नेफ््स्कूनमा आबद्ध भएका सहकारीहरु सुसासनमा रहेको कुरा बताउनु भयो । नेफ्स्कूनका विभिन्न कार्यक्रमहरुमा आवद्ध भएका साकोसहरुलाई नीति, विधि र प्रविधिमा रहेको कुरा बताउनु भयो । हरेक सहकारीका क्रियाकलापहरुलाई प्रविधि मार्फत लैजानु पर्ने कुरा जानकारी गराउनु भयो । अहिले सहकारीहरुले अनिवार्यरुपमा कोपोमिसमा आवद्ध हुनु पर्ने पनि जानकारी गराउनु भएको थियो । 
सहकारी संस्थाहरुले व्यवस्थीत सफ्टवेयर मार्फत कारोवार राख्नु पर्ने कुरा पनि बताउनु भयो । सहकारीहरुलाई व्यस्थित गर्नका लागि पालिकाले बलियो हुनु पर्ने जानकारी गराउनु भयो । नेफ्स्कूनले यो आधारशिला कार्यक्रमलाई विभिन्न पालिकामा विस्तार गर्दै लगेको कुरा पनि जानकारी गराउनु भयो । संघले स्थानिय तहको साथसाथै स्थानिय तहको समेत क्षमता बृद्धि गर्ने लक्ष्य रहेकोले यसले समग्र क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो । नेफ्स्कूनले नीति, विधि र प्रविधिको लागि पनि काम गर्ने बताउनु भएको थियो । 

कार्यक्रममा आधारशिला कार्यक्रमको आवश्यकता, सञ्चालन प्रक्रिया, सहकारी संस्थाहरुको भूमिका, आधारशिलाकार्यक्रमको परिचय सहित समसामयिक विषयमा प्रस्तुतीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सुर्खेत फिल्ड कार्यालयका ईन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो भने कार्यक्रममा उचिव व्यवस्थापन फिल्ड कार्यालय सहायक मदन कुमार चन्दले गर्नु भएको थियो । 


 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप