बागलुङमा सदस्य संघ/संस्थाहरुसँग नेफ्स्कूनको अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागलुङमा सदस्य संघ/संस्थाहरुसँग नेफ्स्कूनको अन्तरक्रिया 

बागलुङ । बागलुङमा सदस्य साकोसहरुसँग सहकारीका समसामयिक विषयमा वृहत अन्तरक्रिया गरिएको छ । नेफ्स्कून फिल्ड कार्यालय पोखराको आयोजना र बागलुङ जिल्ला बचत सघंको ब्यवस्थापन सहयोगमा सदस्य संघ÷सस्थांहरुसँग सहकारीका समसामयिक बिषय सम्बन्धी अन्र्तक्रिया कार्यक्रम भाद्र २४ गते शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा बागलुङ  र म्याग्दी जिल्लाका बचत तथा ऋण सहकारीबाट ८४ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का सञ्चालक सदस्य एवम् बागलुङ जिल्ला बचत संघका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षता, संघका उपाध्यक्ष गणेश बहादुर खत्रीको स्वागत र सह सचिव विरबहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले गर्नुभएको थियो । नगरप्रमुख श्रेष्ठले सहकारी क्षेत्र गैर सरकारी संस्था भन्दा फरक भएकोले सहकारी मार्फत आर्थिक, सामाजिक, सांस्कृतिक विकासको प्रवल सम्भावना रहेको चर्चा गर्नुभयो । 

नेफ्स्कूनले समयमै कार्यक्रम राखेर राम्रो गरेको छ, सहकारीको विकासका लागि नगरपालिकाको तर्फबाट र व्यक्तिगत तर्फबाट पनि अत्यन्त सकारात्मक रहेको बताउँदै उहाँले अभियानसँगको सहकार्यमा स्थानीय सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेफ्स्कूनका सञ्चालक शर्माले बचत तथा ऋण सहकारी अभियानको स्तरीकरण, शुद्धीकरण, सवलीकरण र सुदृढीकरणको समय भएकोले अब कुनै पनि सहकारी संस्था स्तरीकृत हुनुको विकल्प नरहेको बताउनुभयो । उहाँले सहकारी अभियान बलियो बनाउन सहकारी संस्था, संघ, केन्द्रीय निकाय र स्थानीय सरकारबीच एकमत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका–१२ का वडा अध्यक्ष कोपिलामणी शर्मा, नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकाल लगायतले सहकारीका समसामयिक विषयहरुमा आफ्ना विचार राख्नुभएको थियो । 

अन्तरक्रियामा सहभागी सहकारीकर्मीहरुले समतामुलक समाज निर्माणका निम्ती नेपालका सहकारीको ठुलो योगदान रहेको हुँदा सवै सहकारी एउटै स्टाण्डरमा चल्नुपर्नेमा जोड दिएका थिए ।

संघमा आवद्ध सहकारीका सञ्चालक र प्रवन्धकहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण संघका व्यवसाय विभाग प्रमुख ढकालले गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप