मोरङका साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङका साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

मोरङ । कर्ब्स मोरङ दोश्रो क्लष्टरको चौथो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी रेमिट साकोसको आयोजनामा शनिबार, भाद्र २५ गते सम्पन्न भएको छ । 

साकोसकी अध्यक्ष उमा घिमिरेको अध्यक्षता एवम जिल्ला बचत संघ मोरङका वरिष्ठ उपाध्यक्ष प्रेमप्रकाश कोईरालाको प्रमुख आतिथ्यता सहित कोषाध्यक्ष जीवन बस्नेत, सञ्चालक सदस्य उमेश गुरुङ, ग्रामथान गाउँपालिका वडा नं. २ का वडाध्यक्ष यादव खतिवडा लगायतको विशेष उपस्थिति रहेको थियो । 

संघका वरिष्ठ उपाध्यक्ष प्रेमप्रकाश कोईरालाले अहिले विशेष गरेर शहरी क्षेत्रका सहकारीहरु सहकारीको मूल मर्म छोडेर, बजारमा ग्राहकसँग कारोबार गरेका, ठूलो रकम बढी व्याज कबलेर भुक्तानी दिने समयमा दिन नसकेर समस्या भएको र जुन सहकारीहरु समुदायमा आधारित छन ति सहकारीहरुमा समस्या नरहेको बताउनु भएको थियो ।

त्यसै गरी सहकारीलाई सुरक्षित बनाउन, शुरक्षा गार्ड राखेर, तालाचाबी दह्रो लगाएर, सीसी क्यामरा जोडेर मात्र सहकारी राम्रो र सुरक्षित छ भन्न सकिदैन । त्यसकारण सहकारीलाई सुरक्षित तरिकाले संचालन गर्नका लागि जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम मार्फत नीति (कार्यविधि), प्रविधि र सहकारीको वास्तविक मुल्य मान्यतामा संचालन गर्नुपर्ने बताउनु भएको थियो ।

क्लष्टरमा आवद्ध साकोसहरुका प्रतिनिधि तथा आयोजक रेमिट साकोसका सञ्चालक, लेखा सुपरिवेक्षण समिति, अन्य उपसमिति एवम् कर्मचारीहरुको सहभागितामा नेफ्स्कूनका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई र जिल्ला बचत संघ मोरङ कार्यक्रम अधिकृत रामकुमार दाहालद्वारा ऋण लगानीका लागि आवश्यक कागजातको प्रयोग र ऋण जोखिम व्यवस्थपन सम्बन्धी सहजिकरण गरि कार्यक्रम सञ्चालन गर्दै क्लष्टरका साकोसहरुद्वारा आफ्ना साकोस सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । 

आगामि पाचौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सुकुना साकोस, सुन्दरहरैंचाको आयोजनामा २०७९ मंसिरमा सम्पन्न गर्ने निर्णय भएको छ । रेमिट साकोसबाट आगामी पाचौं कार्यशाला गोष्ठिको लागि माइनुट सुकुना साकोसका सचिव नगेन्द्र प्रसाद दाहाल र व्यवस्थापक त्रिलोचन सुवेदीलाई हस्तान्तरण समेत गरिएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप