ज्योतिपुञ्ज साकोसको १२औं वार्षिक साधारणसभा सम्पन्न, नविन श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ज्योतिपुञ्ज साकोसको १२औं वार्षिक साधारणसभा सम्पन्न, नविन श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित 

काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औंं वार्षिक साधारणसभा शनिवार, भाद्र २५ गते सम्पन्न भएको छ । साकोसका अध्यक्ष नवराज कार्कीको अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, विशेष अतिथिमा कोषाध्यक्ष दिपक पनेरु, प्रमुख सल्लाहकार डा. नीरज नारायण जोशी रहनुभएको थियो । 

नयाँ बानेश्वर मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज साकोसको कुमारी पाटी सेवा केन्द्र र लुभु सेवाकेन्द्रलाई लतिक्ष गरि भाद्र २५ गते एकाइगत साधारणसभा सम्पन्न गरेको हो । नयाँ बानेश्वर मुख्य कार्यालय र गोठाटार सेवा केन्द्रलाई लक्षित गरी भाद्र १८ गते एकाइगत पहिलो साधारणसभा सम्पन्न भएको थियो । साधारणसभामा ५३ प्रतिशत सदस्यको उपस्थिति रहेको निवर्तमान अध्यक्ष नवराज कार्कीले जानकारी गराउनुभयो । 

शनिबार आयोजित साधारणसभालाई सम्बोधन गर्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले ज्योतिपुञ्ज साकोसले नेफ्स्कूनद्वारा सञ्चालित सेवा तथा कार्यक्रमहरुमा आवद्ध भई नीति, विधि र प्रविधिमा संस्थालाई हिडाउन सफल रहेको बताउनुभयो । लामो समयदेखि संघको अनुगमनमा रहँदै आएको ज्योतिपुञ्जले सदस्यहरुलाई प्रभावकारी वित्तीय सेवा उपलब्ध गराई सुशासित साकोस निर्माणमा जोड दिएको बताउँदै उहाँले यसको निरन्तरता कायम गरी साकोस सुढृढीकरणको अभियानमा लाग्न अनुरोध गर्नुभयो । 

साधारणसभाले नविन श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति र निशिमा आचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ । 

समितिको उपाध्यक्षमा रामेश्वर थापा, सचिव संगित प्रधान, कोषाध्यक्ष सावित्रा कार्की, सदस्यहरुः प्रकाश श्रेष्ठ, बबिता अमात्य, गौरी कुमारी खत्री र लेखा समिति सदस्यहरुमा एलिना थापा र गिता राउतलाई निर्वाचित गरेको छ । 

साधारणसभाले विभिन्न प्रस्ताव उपर छलफल गरि पारित गरेको छ भने सभाले सदस्यहरुलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव समेत पारित गरेको निवर्तमान अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

३ हजार ५ सय ८४ सेयर सदस्य रहेको यस साकोसमा १० करोड ५२ लाख सेयर पुँजी, ९ करोड ९३ लाख जगेडा कोष १ अर्व ३० करोड बचत र १ अर्ब ५६ करोड कर्जा प्रवाह गरी कुल १ अर्ब ८६ करोडको कारोबार गर्न सफल भएको छ । 

निवर्तमान अध्यक्ष कार्कीले ज्योतिपुञ्जको वर्तमान र भविष्यबारे प्रस्तुतीकरण गर्दै अबको ५ बर्षमा ज्योतिपुञ्जले गरेको परिकल्पनाबारे चर्चा गर्नुभएको थियो । उहाँले सदस्य लक्षित साकोस सेवा र सामाजिक उत्दरदायित्वपूर्ण क्रियाकलापहरुमा जोड दिइने लक्ष्य साकोसको रहेको जानकारी गराउनुभयो । सहकारी ऐन, २०७४ मा भएको व्यवस्थालाई पालना गर्दै नयाँ सञ्चालक समिति निर्वाचित गरि कार्यकारी अध्यक्षको पद हटाइएको समेत जानकारी गराउनुभयो । उहाँले साकोसलाई नीति, विधि र प्रविधिमा सञ्चालन गर्न विभिन्न उपसमितिहरु निर्माण गरी नीति तथा कार्यविधि निर्माण र कार्यान्वयको पक्षलाई समेत प्रभावकारी बनाइएको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि पनेरु र डा. जोशीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

निर्विरोध निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी र सदस्यहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप