ज्योति मिर्मिरे सामूहिक साकोसको ६ एकाई सभा सहित २३ औ वार्षिक साधारण सभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ज्योति मिर्मिरे सामूहिक साकोसको ६ एकाई सभा सहित २३ औ वार्षिक साधारण सभा सम्पन्न 

काभ्रे । पनौती स्थित ज्योति मिर्मिरे सामूहिक साकोसको २३ औ वार्षिक साधारण सभा ६ वटा एकाईमा एकाई साधारण सभा गर्दै हिजो, असोज १ गते शनिवारका दिन  सम्पन्न भएको छ । ”दिगो र उत्कृष्ट वित्तिय सहकारी“ को परिकल्पना गरी समुदायमा आधारित भएर सञ्चालित ज्योति मिर्मिरे सामूहिक साकोस ०७९ आषाढ मसान्त सम्ममा आइपुग्दा पनौती, बनेपा, धुलिखेल ,पाँचखाल, मण्डनदेउपुर, नमोवुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकालाई कार्यक्षेत्र बनाई हाल १४ हजार ६० जना शेयर सदस्य तथा १ हजार १ सय ७० बाल बचतकर्ता सदस्यहरु मार्फत १ अर्ब १४ करोड पूँजी संकलन गरी सेवा प्रदान गर्दै आएको साकोसका कोषाध्यक्ष पूर्णराम तुलाधरले आर्थिक प्रतिवेदन प्रस्तुती सहित जानकारी गराउनुभयो । 

साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाले सचिवको प्रतिवेदन मार्फत संस्थाको हालसम्मको प्रगति प्रतिवेदन, लेखा संयोजक भिमसेन केसीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र ऋण उप समिति संयोजक केशव वञ्जाराले ऋण लगानी तथा असूली प्रतिवेदन मार्फत संस्थाको गतिविधिबारे जानकारी गराउनु भयो । 

सदस्य सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यवसायिक ढंगबाट संस्थाको कारोबार सञ्चालन भएको व्यहोरा प्रतिवेदन मार्फत जानकारी गराइएको थियो ।

भाद्र २५ गते बेथानचोक एकाई साधारण सभाबाट सुरु भएको २३ औं वार्षिक साधारणसभा रोशी, बल्थली, मूख्य कार्यालय, बनेपा र कुशादेवीमा स्थानीय पालिकाका प्रमुख एवं वडा अध्यक्षहरुबाट र प्रमुख अतिथि राष्ट्रिय सहकारी बैकका अध्यक्ष के वी उप्रेती बाट भएको थियो । 

अध्यक्ष उप्रेतीले नेपालको अर्थतन्त्रमा सहकारीले पुर्याएको योगदानको चर्चा गर्दै अबका दिनमा सहकारीको  ध्यान गरिबी निवारण तथा उत्पादनमा र सदस्यलाई आत्म निर्भर र सम्वृद्ध गर्ने विषयमा केन्द्रीत हुन पर्नेमा जोड दिनु भयो । आत्मनिर्भरताका लागि सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुरा उल्लेख गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी एवं वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खडकाले ज्योति मिर्मिरे सामूहिक साकोसले समूदायमा सदस्यको विश्वास जितेको भन्दै भविष्यमा समेत गुणस्तरीय सेवा प्रदान गरी अगाडी बढ्न सुझाव दिनु भएको थियो । 
यस संस्थाले विगत  देखि नै  समाजको आर्थिक सामाजिक र सांस्कृतिक पक्षको सकारात्मक परिवर्तनका लागि खेलेको भूमिको प्रशंसा गर्दै आगामि दिनमा अझै उर्जा शिल रुपमा काम गर्न आफनो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

यसैगरी अतिथिको आसनबाट वोल्दै जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले संस्थाले गरेका क्रियाकलापको प्रशंसा गर्दै जिल्लामा अब्बल संस्थाको रुपमा स्थापीत भई नमूना संस्थाको परिचय वनाउन शुभकामना व्यक्त गर्दै जिल्ला सहकारी संघ आवश्यक सहयोग गर्न तयार रहेको जानकारी गराउनुभयो नगर उप प्रमुख गिता बञ्जारा,लगायत छिमेकी संस्थाका प्रतिनिधीले  पनि संस्थाको सफलताका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालको सञ्चालन तथा संस्थाका अध्यक्ष  उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहकारीमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गर्ने गरि स्थापित जे एम एस  सहकारी अवार्ड २०७८ बाट राष्ट्रिय सहकारी बैकका अध्यक्ष के वि उप्रेती, यसै गरी संस्थामा आवद्ध भएका सदस्यहरु मध्ये विशिष्ट स्थानमा पुग्न सफल सदस्यलाई प्रदान गर्ने गरी स्थापित विशिष्ट सदस्य अवार्ड २०७८ बाट संस्थाका सदस्य एवं काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछे, उत्कृष्ट कर्मचारीमा सुमित्रा तामाङ लगायत संस्थाका उत्कृष्ट ऋणी, बचतकर्ता, बालबचतकर्ता सहित ३९ जनालाई सम्मान समेत गरिएको थियो । 

उक्त साधारण सभामा सचिव पदको उप निर्वाचनमा पनौती न पा ४ का वुद्धसिह थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप