सिको साकोसद्वारा बर्दियाका बाढी पीडितहरुका लागि राहत वितरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिको साकोसद्वारा बर्दियाका बाढी पीडितहरुका लागि राहत वितरण

बर्दिया । सिको बचत तथा ऋण सहकारी संस्था लि. बर्दियाले बाढीबाट विस्तापित भएका ४६ घरपरिवारलाई असोज १ गते, शनिवार राहत वितरण गरेको छ ।

भदौ ३० र ३१ गतेको अविरण बर्षाका कारण बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाढी गाउँमा पस्दा घर र भान्सामा बस्ने अवस्था नभएपछि विस्थापित भई विद्यालयमा आश्रय लिएका ४६ घरपरिवारलाई राहत वितरण गरिएको सिको बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक हरीहर पौडेलले जानकारी गराउनुभयो ।

सहकारीको सामाजिक उत्तरदायित्व वहन गर्दै मानवीय सहयोग गर्ने उद्देश्यले राज्य भन्दा अगाडि पुगेर सक्दो सेवा उपलब्ध गराईएको साकोसले जनाएको छ । राहत वितरण ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का २३ घरपरिवारलाई वडा अध्यक्ष कलम बहादुर बिष्टको रोहबरमा र वडा नम्बर ८ का २३ घरपरिवार कार्यपालिका सदस्य सुष्मा खड्काको रोहबरमा गरिएको व्यवस्थापक पौडेलले बताउनुभयो ।

विद्यालयमा आश्रय लिएर बसेका ४६ घरपरिवारलाई आपातकालीन राहत स्वरुप सामूहिक रूपमा ५ क्विन्टल चामल, १२ केजी दाल, ५० केजी आलु, २० लिटर तेल, ४० केजी नुन र ९ पेटी पिउने पानी वितरण गरिएको हो । ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कलम बहादुर बिष्टले नगरपालिका र अरु संस्थाहरुले भन्दा अगाडि सिको साकोसले गरेको सामाजिक उत्तरदायित्वको कार्यलाई खुलेर प्रशंसा गर्नुभएको थियो । 

सिको साकोसका वरिष्ठ उपाध्यक्ष उदय बहादुर खत्रीले आफ्ना सदस्यहरू तथा अन्य स्थानीयहरुको हरेक सुख दुःखमा सँगसँगै रहने तथा सदस्यमा पर्ने जुनसुकै अप्ठ्यारो परिस्थितिमा मद्दत गर्नु सिकोको दायित्व रहेको बताउनु भएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाढी गाउँमा पस्दा वडा नम्बर ७ का २३ घरपरिवारहरु शिव सुन्दर माध्यमिक विद्यालय सुन्दरपुरमा आश्रय लिएर बसेका छन भने वडा नम्बर ८ का २३ घरपरिवारहरु न्यू ब्राइट फ्युचर एकेडेमी विद्यालय भुड्कैयामा आश्रय लिएर बसिरहेका छन् । नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान स्थानीयलाई आग्रह गरिएको छ । 

आपतकालिन राहत वितरण कार्यक्रममा सिको बचत तथा ऋण सहकारी सस्थाका वरिष्ठ उपाध्यक्ष उदय बहादुर खत्रि सहित संचालक समितिका सदस्यहरु दिपेन्द्र बहादुर बुढा, गोपीलाल थारु, सुष्मा खड्का, लक्ष्मण कुमार गौली, ऋण उपसमिति सदस्य नन्दलाल रोकाय लगायत व्यवस्थापन टीमको सहभागिता रहेको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप