स्वेच्छा साकोसको १२औं बार्षिक साधारणसभा सम्पन्न, सदस्यहरुलाई १५ प्रतिशत लाभांश प्रदान गरिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वेच्छा साकोसको १२औं बार्षिक साधारणसभा सम्पन्न, सदस्यहरुलाई १५ प्रतिशत लाभांश प्रदान गरिने

काभ्रे । पाँचखाल ४, काभ्रेस्थित स्वेच्छा बचत तथा ऋण सहकारी संस्था लि.को बाह्रौं बार्षिक साधारणसभा आज, असोज २ गते सम्पन्न भएको छ । सभामा साकोसका अध्यक्ष ओमकार क्षेष्ठको अध्यक्षता, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता र जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उद्धव प्रसाद अधिकारी र जिल्ला सहकारी संघ काभ्रेका सञ्चालक सदस्य ठाकुरनाथ अधिकारीको आतिथ्यता रहेको थियो । 

साधारणसभा उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि अध्यक्ष पौड्यालले सहकारी संस्था सञ्चालनमा नीति, विधि र प्रविधिमा एकरुपता आउनुपर्ने बताउनुभयो । सूशासित साकोस अभियान निर्माणका लागि स्तरीकरण कार्यक्रमको अनिवार्य आद्धताबारे जानकारी गराउनुभयो । उहाँले साकोस सुरक्षाका लागि स्तरीकरण, स्थिरीकरण कोषको उपयोगिताबारे चर्चा गर्नुभयो । 

उहाँले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको तरलता अभावको समस्या समाधानका लागि सहकारीको सन्दर्भ व्याजदरमा तत्काल पुनरावलोकन आवश्यक भएको बताउनुभयो । उहाँले विभाग समक्ष सन्दर्भ व्याजदर पुनरावलोकनका लागि अभियानको तर्फबाट सुझाव सहितको माग राखिने स्पष्ट पार्नुभयो । 

२०६७ सालमा स्थापना भएको स्वेच्छा साकोसमा हाल १ हजार ६० सदस्य छन् । साकोसले जगेडा कोष र संरक्षित पुँजी फिर्ता कोषमा करिब ७ ७ लाख रुपैंया छुट्याएको छ भने सदस्यहरुका लागि १५ प्रतिशत लाभांश पारित गरेको छ । साकोसको कुल वासलात करिब २० करोड रहेको छ । 
साधारणसभाले साकोसका विभिन्न सेवामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, जेष्ठ सदस्य, असल ऋषि, बाल बचतकर्ताहरु लगायतलाई सम्मान तथा कदरपत्र प्रदान गरेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप