बाबियाखर्क साकोसको २६ औ वार्षिक साधारण सभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाबियाखर्क साकोसको २६ औ वार्षिक साधारण सभा सम्पन्न 

काठमाडौ । शान्तिनगरस्थित बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि. को २६ औ वार्षिक साधारणसभा असोज १ गते शनिवार सम्पन्न भएको छ । 

“समुदायको उत्कृष्ट वित्तीय सहकारी संस्था” परिकल्पना गरी समुदायमा आधारित भएर सञ्चालित बाबियाखर्क साकोस २०७९ आषाढ मसान्त सम्ममा आइपुग्दा काठमाडौंको जोरपाटीमा सदस्य सेवा केन्द्र स्थापना गरी हाल ४ हजार १३ शेयर सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँर्दै ४६ करोड ८२ लाख ६४ हजार पूँजी संकलन गर्न सफल भएको छ । 

साधारणसभाका अवसरमा संस्थाका सचिब हरिप्रसाद घिमिरेले संचालक समितिको प्रतिवेदन, कोषाध्यक्ष तीर्थराज घिमिरेले आर्थिक प्रतिवेदन, संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक गोबिन्द प्रसाद घिमिरेले लेखा सुपरिवेक्षण प्रतिवेदन मार्फत संस्थाका गतिविधिहरुको जानकारी गराउनु भएको थियो । 

उक्त प्रतिवेदनहरुमा साकोसले प्रदान गर्ने  सेवालाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग मार्फत सञ्चालन भएको प्रस्तुत गरिएको थियो ।

पानसमा दीप प्रज्वलन गरी २६औ वार्षिक साधारण सभा प्रमुख अतिथि एवं राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष मीनराज कडेलले नेपालको अर्थतन्त्रमा सहकारीले पुर्याएको योगदानको चर्चा गर्नुहुदै सहकारी संस्थाहरुले प्रदान गर्ने सेवाहरुले नेपालको गरिबी निवारण तथा उत्पादनमा र सदस्यलाई स्वरोजगार बनाउने तर्फ केन्द्रीत हुन पर्नेमा जोड दिनु भएको थियो । 

सभाको विशिष्ट अतिथिमा नेफ्स्कूनका महासचिब दामोदर अधिकारी, रामेछाप नगरपालिकाका नगरप्रमुख लबश्री न्यौपाने हुनुहुन्थ्यो । 

बाबियाखर्क साकोसले समाजको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको सकारात्मक परिवर्तनका लागि खेलेको भूमिको प्रशंसा गर्दै आगामी दिनमा अझै सदस्यमुखी कार्यक्रमहरु गरी समूदायमा सदस्यको विश्वास जितेर गुणस्तरीय सेवा प्रदान गरी अगाडि बढ्न सुझाव दिनु भएको थियो ।

सोहि अवसरमा साकोसका सदस्य समेत रहनुभएका रामेछाप नगरपालिकाका नगरप्रमुख लबश्री न्यौपानेलाई अभिनन्दन गरिएको थियो ।

संस्थाका अध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभामा संस्थामा आ.ब २०७८।७९ को अवधिमा  विभिन्न बिधाहरुमा योगदान गर्ने सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । 

वार्षिक साधारणसभामा कबि सुदेश सत्यालले कबिता वाचन गरी मनोरन्जन गराउन भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप