लमजुङ । नेफ्स्कून लमजुङ फिल्ड कार्यालयको आयोजनामा सहकारीका बजार प्रतिनिधि कर्मचारीहरुका लागि क्षमता विकास तालिम प्रदान गरिएको छ ।
लमजुङ फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य रामबाबु श्रेष्ठको अध्यक्षता सुरु भएको तालिम भाद्र ३१ र असोज १ गते दुई दिन सञ्चालन भएको थियो । सभाध्यक्ष श्रेष्ठले कर्मचारीको क्षमता विकास तालिमले कर्मचारीहरुमा मनोबल उच्च बनाउने बताउनुभयो । उहाँले पछिल्लो समय सहकारीमा एकपछि अर्को चुनौतिहरु बढ्दै गएकोले सदस्यहरुलाई सहकारीबारे बुझाउन पनि तालिमले सहयोग पुर्याउने बताउनुभयो ।
तालिममा लमजुङ जिल्ला बाट १ जना र गोर्खा जिल्ला बाट ३० जना बजारप्रतिनिधि कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेफ्स्कून लमजुङ फिल्ड कार्यालयका इन्चार्ज विनोद ढकालले गर्नुभएको थियो ।
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१८ दिन अगाडि
१९ दिन अगाडि
३७ दिन अगाडि
२५ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२९ दिन अगाडि
२६ दिन अगाडि
१० दिन अगाडि
४१ दिन अगाडि