सहकारीको सन्दर्भ व्याजदर तत्काल पुनरावलोकन गर्नुपर्नेमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको सन्दर्भ व्याजदर तत्काल पुनरावलोकन गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सहकारीको सन्दर्भ व्याजदर तत्काल पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

असोज १ गते, शनिबार भक्तपुरस्थित चमेली कल्याणकारी साकोसको २०औं बार्षिक साधारणसभाको उद्घाटन सत्र सम्बोधनका क्रममा अध्यक्ष पौड्यालले सहकारी एकातिर सन्दर्भ व्याजदर र अर्कोतिर खुला बजार चेपुवामा परेका कारण समस्यामा परेकोभन्दै व्याजदर पुनराबलोकनका लागि माग गर्नुभएको हो । उहाँले बैंक वित्तीय संस्थाहरुले व्याजदर बढाएर लगानी गरिरहेको प्रशङ्ग उल्लेख गर्दै सहकारी क्षेत्र त्यसको प्रत्यक्ष चेपुवामा परेकोले अब तत्काल व्याजदर पुनरावलोकन नभए सम्पूर्ण सहकारीकर्मीहरु एकजुट भएर त्यसको समाधानमा उत्रने बताउनुभएको हो । 

अध्यक्ष पौड्यालले अबका दिनमा सहकारी संस्थाहरुले कार्यक्षेत्रभित्र रहेका अन्य सहकारीसँग मर्जरको बाटोमा जानुपर्ने बताउनुभयो । नेफ्स्कूनले सहकारीबाट सबै प्रकारका सेवा एकसाथ प्रवाह गर्न सक्नेगरि आधुनिक यात्राको थालनी गरिसकेको र अबका दिनमा सबै सहकारीले डिजिटाइजेसन, डिजिटलाइजेशन, डिजिटल ट्रान्सफरमेशन एवं डिजिटल इन्फरमेशनको मार्गमा अघि बढ्नुपर्ने बताउनुभयो । 

चमेली कल्याणकारीको साधारणसभाले प्रमोद घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालक समिति र शालिकराम घिमिरेको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । त्यस्तै सञ्चालक समिति सदस्यहरुमा श्रीराम न्यौपाने, तिर्थराज चौलागाई, सन्तोष कार्की, अम्बिका चौलागाई घिमिरे, प्रकाश न्यौपाने, रमिला खत्री खड्का एवं विना गिरी निर्वाचित हुनुभएको छ । साधारण सभाबाट शालिकराम घिमिरेको संयोजकत्वमा सञ्जय मिश्र र शरद रिसाल लेखा सुपरिवेक्षण समिति सदस्यमा चयन हुनुभएको छ । 

सभामा संस्थाका सचिव मिठमराम न्यौपानेले संस्थाको गत वर्ष सम्पन्न भएको कार्यक्रम र आगामी वर्षको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका कोषाध्यक्ष शालिकराम घिमिरेले संस्थाको वित्तीय अवस्था र आगामी वर्षको वजेट प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजक प्रमोद घिमिरेले संस्थाको लेखा समितिको प्रतिवेदन पेस गुर्नभएको थियो ।

प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको आर्थिक वर्ष ०७८ / ०७९ मा ४ हजार २ सय ७७ जना सदस्य तथा ५ करोड २४ लाख २१ हजार ६ सय रुपैयाँ शेयर पूँजी पुगेको छ भने ५५ करोड ७३ लाख ५० हजार ६ सय ३० रुपैयाँ बचत र ५७ करोड ८६ लाख ६५ हजार ९ सय ८५ रुपैयाँ ऋण लगानी रहेको जनाइएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ भक्तपुरका उपाध्यक्ष कृष्णबहादुर धजु, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्याय लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य एवं एसइई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने सदस्य परिवारलाई समेत सम्मान गरिएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप