एकता साकोसको संस्थागत विकास तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकता साकोसको संस्थागत विकास तालिम सञ्चालन 

काठमाडौं । का.म.न.पा. ३१, शान्तिनगरस्थित एकता बचत तथा ऋण सहकारी संस्था लि. को संस्थागत विकास तालिम आज काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । असोज १ देखि ३ गतेसम्म सञ्चालित तालिममा साकोसका पदाधिकारी, सञ्चालक सदस्य र कर्मचारी गरी १४ जनाको सहभागिता रहेको थियो । 

साकोसका कार्यवाहक अध्यक्ष विरेन्द्र भण्डारीको अध्यक्षता रहेको तालिमको उद्घाटन बागमती प्रदेश बचत संघका अध्यक्ष उद्दव सापकोटाले गर्नुभएको थियो भने तालिमको समापन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुखत्वमा भएको थियो ।  

तालिम उद्घाटन सत्रमा बोल्दै प्रोस्कूनका अध्यक्ष सापकोटाले सहकारी मूल्य मान्यता, सिद्धान्तको पालना नगर्दा, असुरक्षित ऋण लगानी, सुशासनमा कमी जस्ता विविध कारणले सहकारी क्षेत्रमा समस्या भइरहेको बर्तमान अवस्थामा एकता साकोस सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्न प्रतिबद्धताका साथ लागिरहेकोमा खुसी व्यक्त गर्नुभएको थियो । एकता साकोसमा यस तालिमबाट प्राप्त ज्ञान सीपले अझ धेरै निख्खारता ल्याउने साथै सुदृढ र सूशासित संस्था सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । 

तालिम समापन सत्रलाई सम्बोधन गर्दै नेफ्स्कूनका अध्यक्ष पौड्यालले सञ्चालक समितिमा निर्वाचित भएसँगै प्रत्येक पदाधिकारी तथा सञ्चालकले आफ्नो क्षमता अभिवृद्धि मार्फत शक्ति समय, सामथ्र्य, पूँजी, प्रविधि र नीति बमोजिम संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले अब प्रत्येक साकोसले Credit Union Culture को विकास गर्दै सहकारी मार्फत परिवार, समाज र राष्ट्र बदल्ने अभियानमा जुट्न आव्हान गर्नुभएको थियो । एकता साकोसले आफुलाई काठमाण्डौंको अब्वल सहकारीको रुपमा परिचित गराएर बचत तथा ऋण सहकारी अभियानमार्फत नयाँ सम्वृद्धिको यात्रामा अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेफ्स्कूनद्वारा सञ्चालित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा आवद्ध एकता साकोसमा हाल १ हजार ३ सय ३६ सेयर सदस्य मार्फत रु. २६ करोड वासलात पुगेको छ । 

तालिमको सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले गर्नुभएको थियो । तालिम पश्चात सहभागीहरुले तालिम अत्यन्त प्रभावकारी रहेको र प्राप्त सिकाई संस्था सञ्चालनका क्रममा योजनाबद्ध रुपले पूर्ण कार्यान्वयनमा लान प्रतिबद्ध रहने बताउनुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप