सन्दुस साकोसको नवौं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सन्दुस साकोसको नवौं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको सन्दुस बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा असोज ३ गते सोमबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षता रहेको सभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो । कार्यक्रममा नेपाल सहकारी पत्रकार  समाजका प्रतिनिधि अर्जुन खतिवडा, नेफ्स्कूनका अन्तरलगानी अधिकृत मनोज बुढाथोकी, साकोसका पदाधिकारी, सञ्चालक समिति सदस्यहरु, लेखा समिति सदस्यहरु, स्थानीय सहकारीकर्मी सहित शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।  

साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि ढकालले सहकारी क्षेत्रमा पछिल्लो समय तरलता अभावको समस्या देखा परेको भएपनि यो क्षणिक भएको र सुशासनमा सञ्चालनमा रहेका सहकारी संस्थाहरुमा तुलनात्मक रुपमा समस्या कम देखापरेको बताउनुभयो । सुशासित र स्तरीकृत सहकारी संस्थाको उदाहरण दिँदै उहाँले यदि पानी फट्टिक्क रुपमा सङ्गलो छ भने कसैले धमिल्याउन नसक्ने तर धमिलो पानी थिग्रिएर सतहमा मात्र सङ्गलो देखिएको हो भने जुनसुकै बेला धमिलिन सक्ने भन्दै सहकारीको सिद्धान्त परिपालना गर्दै चलेका सहकारीहरु सबल र दृढ हुने विश्वास व्यक्त गर्नुभयो । 

सभामा साकोसका अध्यक्ष श्रेष्ठले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समितिका संयोजक अमर बहादुर राउतले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १ हजार ५ सय ५० सेयर सदस्य रहेको सन्दुस साकोसको कुल पुँजी रु. ५० करोड रहेको छ । साकोसले ७५ लाख जगेडा कोष, २० लाख ४४ हजार रुपैंया संरक्षित पुँजी फिर्ता कोष र ३९ लाख ५९ हजार रुपैंया शेयर लाभांश कोषमा छुट्टयाएको प्रतिवेदनमा उल्लेख छ । 

कार्यक्रममा साकोसका उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट सक्रिय सदस्य, उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप