नारीसंकल्प साकोसको १६ औं वार्षिक साधारणसभा सम्पन्न, गोमा नेपालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नारीसंकल्प साकोसको १६ औं वार्षिक साधारणसभा सम्पन्न, गोमा नेपालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति निर्वाचित

काठमाडौं । मोरङको उर्लाबारीमा रहेको नारीसंकल्प बचत तथा ऋण सहकारी संस्था लि. को १६औं बार्षिक चुनावी साधारणसभा असोज ३ गते, सोमबार सम्पन्न भएको छ ।

साधारणसभाले गोमा नेपालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र निर्मला घलेको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष नेपाल नारीसंकल्प साकोसको प्रतिनिधित्व गर्दै नेफ्स्कूनको सञ्चालक समिति सदस्य समेत हुनुहुन्छ । नेफ्स्कूनमा उहाँको यो दोस्रो कार्यकाल हो । 

नवनिर्वाचित  समितिको उपाध्यक्षमा शोभा चेम्जोङ् पालुङवा, सचिव शोभितमाया तामाङ, सहसचिव यमुना राई, कोषाध्यक्ष चन्द्रा देवि दाहाल र सदस्यहरुमा गिता घिमिरे, निर्मला सिटौला, रुकमणि अधिकारी, अरुणा थापा, देविका सिटौला र अम्बिका देवी कार्की चयन हुनुभएको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा निर्मला घले र सदस्यहरु चन्द्रा खड्का प्रसाई र सेवन कुमारी बस्नेत चयन हुनुभएको छ । निर्वाचन संयोजकमा मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष प्रेम प्रसाद कोइराला रहनुभएको थियो ।  

साधारणसभामा साकोसकी अध्यक्ष सीता कार्कीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने सचिव निर्मला घलेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष शोभा चेम्जोङ् पालुङवाबाट कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति सदस्य रिता घिमिरे संयोजकको स्वीकृतीमा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । 

३ हजार ८५ शेयर सदस्य मार्फत नारी संकल्प साकोस कुल १६ करोड रुपैंया पुँजी परिचालन गर्न सफल भएको छ । जगेडा कोषमा रु. १ करोड पुर्याउन सफल साकोसले सदस्यहरुलाई १५ प्रतिशत लाभांश समेत स्वीकृत गरेको छ । साधारणसभामा ६९.३१ प्रतिशत सदस्य उपस्थिति रहेको साकोसले जनाएको छ ।

सहकारी एकीकरणलाई तीब्रता दिने नीति अगिकार गरेको नारी संकल्पले सदस्य विस्तारको उद्देश्यसहित यसै बर्षदेखि पुरुष सदस्यहरुलाई पनि साकोसमा सहभागी गराउने निर्णय पारित गरेको छ । साथै आफ्नो कार्यक्षेत्र रहेका उर्लाबारी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, पथरी शनिश्चरे नगरपालिका र रतुवामाई नगरपालिका भित्र दुई सेवा केन्द्र थप गरी सदस्यहरुलाई नजिकबाट वित्तीय सेवा उपलब्ध गराउने कार्यक्रम अगाडि सारिएको साकोसका व्यवस्थापक चित्र न्यौपानेले जानकारी गराउनुभयो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप