श्री मनकामना साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न, जगेडा कोषमा ८ करोड ६८ लाख
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
श्री मनकामना साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न, जगेडा कोषमा ८ करोड ६८ लाख

काठमाडौं । काभ्रेको बनेपा, ५ मा अवस्थित श्री मनाकामना बचत तथा ऋण सहकारी संस्था लि.को २७औं वार्षिक साधारणसभा असोज ३ गते सोमबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष बालकृष्ण दाहालको अध्यक्षतामा सुरु समारोहको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । सभामा जिल्ला सहकारी संघ लि., काभ्रेका अध्यक्ष भीम शर्मा, काभ्रे बचत संघका सल्लाहकार शम्भुलाल श्रेठ, जिल्ला सहकारी संघ काभ्रेका पूर्व अध्यक्ष सोम प्रसाद हुमागाई लगातयको विशेष आथित्यता रहको थियो । 

सभामा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौड्यालले विश्वव्यापी रुपमा देखिएको आर्थिक असहजताको प्रभाव नेपालमा पनि परेको र बैंकले एक्कासी व्याजदर बढाउँदा सहकारी क्षेत्र प्रभावित बनेको बताउनुभयो । सहकरीको सन्दर्भ व्याजदर पुनरावलोकनका सन्दर्भमा नेफ्स्कूनले मन्त्रालय, विभाग समक्ष कुरा राखिसकेको  र छिट्टै एउटा टुङ्गोमा पुग्ने विश्वास लिएको बताउनुभयो । उहाँले श्री मनकामना साकोस सहकारीका मुल्य, मान्यता र आदर्श अनुरुप सञ्चालनमा रहेको र वित्तीय अवस्था पनि स्वस्थ र सबल भएकोप्रति खुसी व्यक्त गर्दै दिगो र सूशासित साकोस सञ्चालन निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभयो । 

सभामा साकोसका अध्यक्ष बालकृष्ण दाहालले अध्यक्षको प्रतिवेदन र सचिव होमनाथ ढुंगेलले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले आर्थिक प्रतिवेदन मार्फत साकोसको समग्र वित्तीय अवस्था बारे प्रस्तुतीकरण गर्नुभएको थियो । हाल ८ हजार १ सय ६१ सेयर सदस्य रहेको साकोसको कुल वासलात रु. २ अर्ब ८ करोड पुगेको प्रतिवेदनमार्फत प्रस्तुत गरिएको थियो । १ अर्ब ४९ करोड रुपैंया बचत, १ अर्ब ७४ करोड ऋण लगानी, ८ करोड ६८ लाख जगेडा कोष, ४ करोड ५७ लाख अन्य कोषहरु पुर्याएको साकोसले ५ करोड ५१ लाख रुपैंया नाफा गर्न  सफल भएको  जनाएको छ । साकोसमा ६ सय बालबचतकर्ता सदस्यहरु हुनुहुन्छ । 

साधारणसभा समारोहमार्फत साकोसका १ सय ४० बृद्धबृद्धा सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी ६ जना उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, उत्कृष्ट सेवा केन्द्र पनौती सेवा केन्द्र, उत्कृष्ट बचत संकलक सुकदेव सापकोटा, मनकामना उत्कृष्ट शैक्षिक पुरस्कार (बनेपा निस्ट कलेजबाट नेपाल भरका माध्यामिक विद्यालयबाट कक्षा १२ को विज्ञान विषयमा सर्बोत्कृष्ट ग्रेड 3.96 GPA प्राप्त गर्न सफल) विद्यार्थी रजित दाहाल र उत्कृष्ट कर्मचारीतर्फ साकोसका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाललाई सम्मानित तथा पुरस्कृत गरिएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप