सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन नभए ‘भद्र अवज्ञा’ गर्ने तयारीमा व्यवस्थापकहरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन नभए ‘भद्र अवज्ञा’ गर्ने तयारीमा व्यवस्थापकहरु

ललितपुर । सहकारी संघ/संस्थाका व्यवस्थापन प्रमुखहरुले समयमा नै सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन नभए भद्र अवज्ञा गर्न बाध्य हुने बताएका छन् । 

असोज ४ गते मंगलबार राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको  सहकारीको समसामयिक विषयमा  व्यवस्थापन प्रमुखहरुको भर्चुअल अन्तक्रिया कार्यक्रममा सहभागी व्यवस्थापकहरुले सो कुरा बताएका हुन् । तरलता अभाव बढ्दो देखिएसँगै बैंकहरुले व्याज बढाएपछि सहकारीबाट निक्षेप बैंकमा जाने भन्दै व्यवस्थापकहरुले सन्दर्भ व्याजदर पुनरावलोकनका लागि केन्द्रीय संघहरु र विभागमा दबाब बढाउँदै आएका छन् । 

महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा सातै प्रदेशका सहकारी संघ/संस्थाका व्यवस्थापकहरुको सहभागिता रहेको थियो । सहकारीको वर्तमान अवस्थाको विषयमा व्यवस्थापकहरुसँग छलफल गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको र यसलाई निरन्तरता दिने महासंघका महाप्रबन्धक सुब्बाले बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सिइओ सिए बद्री गुरागाईले वर्तमान वित्तीय अवस्था, सहकारी तथा बैंकले खेलेको भूमिकाको विषयमा प्रस्तुती गर्नुभएको थियो । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले नेफ्स्कूनले पछिल्लो समयमा गरेका क्रियाकलापहरु, सन्दर्भ व्याजदर पुनरावलोकन सम्बन्धी छलफल तथा पैरवी, शीघ्र जोखिम सुपरिवेक्षण कार्यदल गठन तथा स्थलगत अनुगमन सुरु गरिएको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा प्रारम्भिक सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुले सुझाव सहित धारणा राखेको र त्यसलाई प्रतिवेदनको रुपमा तयार गर्न महासंघका नायव महाप्रबन्धक बाबुल खनालको संयोजकत्वमा तीन सदस्यीय टिम तयार गरेको महाप्रबन्धक सुब्बाले बताउनुभयो । सो टिममा राष्ट्रिय सहकारी बैंक र नेफ्स्कूनका प्रतिनिधि रहनुहुनेछ ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप