सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन नभए ‘भद्र अवज्ञा’ गर्ने तयारीमा व्यवस्थापकहरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन नभए ‘भद्र अवज्ञा’ गर्ने तयारीमा व्यवस्थापकहरु

ललितपुर । सहकारी संघ/संस्थाका व्यवस्थापन प्रमुखहरुले समयमा नै सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन नभए भद्र अवज्ञा गर्न बाध्य हुने बताएका छन् । 

असोज ४ गते मंगलबार राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको  सहकारीको समसामयिक विषयमा  व्यवस्थापन प्रमुखहरुको भर्चुअल अन्तक्रिया कार्यक्रममा सहभागी व्यवस्थापकहरुले सो कुरा बताएका हुन् । तरलता अभाव बढ्दो देखिएसँगै बैंकहरुले व्याज बढाएपछि सहकारीबाट निक्षेप बैंकमा जाने भन्दै व्यवस्थापकहरुले सन्दर्भ व्याजदर पुनरावलोकनका लागि केन्द्रीय संघहरु र विभागमा दबाब बढाउँदै आएका छन् । 

महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा सातै प्रदेशका सहकारी संघ/संस्थाका व्यवस्थापकहरुको सहभागिता रहेको थियो । सहकारीको वर्तमान अवस्थाको विषयमा व्यवस्थापकहरुसँग छलफल गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको र यसलाई निरन्तरता दिने महासंघका महाप्रबन्धक सुब्बाले बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सिइओ सिए बद्री गुरागाईले वर्तमान वित्तीय अवस्था, सहकारी तथा बैंकले खेलेको भूमिकाको विषयमा प्रस्तुती गर्नुभएको थियो । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले नेफ्स्कूनले पछिल्लो समयमा गरेका क्रियाकलापहरु, सन्दर्भ व्याजदर पुनरावलोकन सम्बन्धी छलफल तथा पैरवी, शीघ्र जोखिम सुपरिवेक्षण कार्यदल गठन तथा स्थलगत अनुगमन सुरु गरिएको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा प्रारम्भिक सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुले सुझाव सहित धारणा राखेको र त्यसलाई प्रतिवेदनको रुपमा तयार गर्न महासंघका नायव महाप्रबन्धक बाबुल खनालको संयोजकत्वमा तीन सदस्यीय टिम तयार गरेको महाप्रबन्धक सुब्बाले बताउनुभयो । सो टिममा राष्ट्रिय सहकारी बैंक र नेफ्स्कूनका प्रतिनिधि रहनुहुनेछ ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप