चण्डेश्वरी साकोसको ३०औं वार्षिक साधारणसभा सम्पन्न, नबिन भक्त बादेको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्बिरोध निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चण्डेश्वरी साकोसको ३०औं वार्षिक साधारणसभा सम्पन्न, नबिन भक्त बादेको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्बिरोध निर्वाचित

काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. वनेपाको ३० औं वार्षिक साधारण सभा असोज ३ गते, सोमबार सम्पन्न भएको छ । सभा संस्थाका अध्यक्ष  विकास बादेको सभापतित्वमा सम्पन्न भएको हो । नेपाल सहकारी महासंघका अध्यक्ष मिन राज कंडेलको प्रमुख आतित्यथा तथा बनेपा न.पा.का प्रमुख शान्ति रत्न शाक्यको बिषेश आतित्यथामा सभा सम्पन्न भएको थियो । बनेपा पार्टि भेन्युमा सम्पन्न सभामा संस्थाका उपाध्यक्ष जय ओम बादे ले स्वागत मन्तव्य व्यक्त गरि सभाको शुभारम्भ गर्नुभएको थियो भने संस्थाका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहालले संस्थाको गतिबिधि र प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रतिवेदन मार्फत आर्थिक वर्ष २०७८/०७९ को अन्त्यमा संस्थाको कुल सम्पत्ति १ अर्ब १६ करोड ३७ लाख ९३ हजार ६४० रुपैंया चौहत्तर पैसा रहेको छ । संस्थाको कुल बचत ८५ करोड ५५ लाख ३४ हजार ९२६ रुपैंया ८ पैसा रहेको छ  भने ऋण लगानि तर्फ ९२ करोड ८ लाख २६ हजार ७६४ रुपैँया १५ पैसा रहेको छ । त्यस्तै, सहकारीको शेयर पूँजी ११ करोड ४५ लाख ७७ हजार ६०० रुपैंया पुगेको जनाएको छ । त्यसैगरी, सहकारीको संस्थागत पूँजी तर्फ भने ११ करोड ३९ लाख ७६ हजार ९६९ रुपैयाँ ९७ पैसा र संचालन मूनाफा ४ करोड ३४ लाख ४१ हजार ५७४ रुपैयाँ ९७ पैसा रहेको विवरण प्रस्तुत गरिएको छ । त्यस्तै, गरि सभासमक्ष अध्यक्ष बिकास बादे, सल्लाहकार बालभक्त प्रधान र इन्द्र नारायण भैलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सभाले सदस्यहरुलाई १५ प्रतिशतका दरले शेयर लाभांश बितरण गर्ने निर्णय गर्नुका साथै संरक्षित पूँजी फिर्ता कोषबाट ८१ लाख ४५ हजार २९५ रुपैँया ३१ पैसा रकम लाई बचत तथा ऋण कारोबारको आधारमा सदस्यहरुलाई बचतमा प्राप्त गरेको ब्याजको आधारमा ४०% र ऋणमा तिरेको ब्याजको आधारमा ६०% रकम वितरण गर्ने निर्णय गरेको छ ।

सभामा कुल सदस्य संख्याको ६४ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो । साधारण सभाको अवसरमा २०७८ सालको एस.ई.ई. परीक्षामा उत्र्तिण हुन सफल बाल बचतकर्ता तथा सदस्यहरुलाई सम्मान पत्र दिनुका साथै सो मध्यबाट उत्कृष्ट हुन सफल छात्र तर्फ रियाज भोछिभोया र रिजुल भोछिभोया (संयुक्त रुपमा) भने छात्रा तर्फ बाट युकी श्रेष्ठ लाई ज्योति प्रकास सैँजु स्मृति छात्राबृति मार्फत ३० हजार बराबरको छात्रबृत्ति प्रदान गरिएको थियो । सभाको अवसरमा नवनिर्बाचित लेखा सुपरिवेक्षण समितिका सदस्य ज्योत्सना सैँजु कायष्थले रु १ लाख रकम ज्योति प्रकास सैँजु स्मृति कोषमा योगदान गर्ने बताउनु भएको थियो । साधारण सभाको अवधिभर संस्थाका सदस्य तथा कर्मचारीलाई बिभिन्न बिधामा उत्कृष्टताको सम्मान पत्र प्रदान गरिएको थियो । 

चण्डेश्वरीको ३० औँ बार्षिक साधारण सभा बाट नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्वाचित हुनु भएको छ । संस्थाको निर्बाचन मार्फत निर्बिरोध रुपमा संस्थाको अध्यक्ष पदमा नबिन भक्त बादे श्रेष्ठ त्यस्तै गरि उपाध्यक्ष पदमा रमेश काजी श्रेष्ठ, सचिब पदमा बुद्ध रत्न मानन्धर, सह सचिबमा रोशना राजबंशी, कोषाध्यक्षमा गणेश कुमार रंजित सदस्य पदमा क्रमशः पुर्ण पोटे, जितेन्द्र भक्त पोटे, रुकमणी राजभण्डारी, सुरेन्द्र प्रजापती, बद्रि नाथ बादे र मनोहरी पोटे, लेखा सुपरिवेक्षण समिति संयोजक पदमा राम प्रसाद श्रेष्ठ र ले.सु.स. सदस्य पदमा बिनय कृष्ण कायष्थ र ज्योत्सना सैँजु कायष्थ निर्बिरोध रुपमा निर्बाचित भई पद बहाली गर्नु भएको छ । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप