चण्डेश्वरी साकोसको ३०औं वार्षिक साधारणसभा सम्पन्न, नबिन भक्त बादेको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्बिरोध निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चण्डेश्वरी साकोसको ३०औं वार्षिक साधारणसभा सम्पन्न, नबिन भक्त बादेको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्बिरोध निर्वाचित

काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. वनेपाको ३० औं वार्षिक साधारण सभा असोज ३ गते, सोमबार सम्पन्न भएको छ । सभा संस्थाका अध्यक्ष  विकास बादेको सभापतित्वमा सम्पन्न भएको हो । नेपाल सहकारी महासंघका अध्यक्ष मिन राज कंडेलको प्रमुख आतित्यथा तथा बनेपा न.पा.का प्रमुख शान्ति रत्न शाक्यको बिषेश आतित्यथामा सभा सम्पन्न भएको थियो । बनेपा पार्टि भेन्युमा सम्पन्न सभामा संस्थाका उपाध्यक्ष जय ओम बादे ले स्वागत मन्तव्य व्यक्त गरि सभाको शुभारम्भ गर्नुभएको थियो भने संस्थाका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहालले संस्थाको गतिबिधि र प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रतिवेदन मार्फत आर्थिक वर्ष २०७८/०७९ को अन्त्यमा संस्थाको कुल सम्पत्ति १ अर्ब १६ करोड ३७ लाख ९३ हजार ६४० रुपैंया चौहत्तर पैसा रहेको छ । संस्थाको कुल बचत ८५ करोड ५५ लाख ३४ हजार ९२६ रुपैंया ८ पैसा रहेको छ  भने ऋण लगानि तर्फ ९२ करोड ८ लाख २६ हजार ७६४ रुपैँया १५ पैसा रहेको छ । त्यस्तै, सहकारीको शेयर पूँजी ११ करोड ४५ लाख ७७ हजार ६०० रुपैंया पुगेको जनाएको छ । त्यसैगरी, सहकारीको संस्थागत पूँजी तर्फ भने ११ करोड ३९ लाख ७६ हजार ९६९ रुपैयाँ ९७ पैसा र संचालन मूनाफा ४ करोड ३४ लाख ४१ हजार ५७४ रुपैयाँ ९७ पैसा रहेको विवरण प्रस्तुत गरिएको छ । त्यस्तै, गरि सभासमक्ष अध्यक्ष बिकास बादे, सल्लाहकार बालभक्त प्रधान र इन्द्र नारायण भैलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सभाले सदस्यहरुलाई १५ प्रतिशतका दरले शेयर लाभांश बितरण गर्ने निर्णय गर्नुका साथै संरक्षित पूँजी फिर्ता कोषबाट ८१ लाख ४५ हजार २९५ रुपैँया ३१ पैसा रकम लाई बचत तथा ऋण कारोबारको आधारमा सदस्यहरुलाई बचतमा प्राप्त गरेको ब्याजको आधारमा ४०% र ऋणमा तिरेको ब्याजको आधारमा ६०% रकम वितरण गर्ने निर्णय गरेको छ ।

सभामा कुल सदस्य संख्याको ६४ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो । साधारण सभाको अवसरमा २०७८ सालको एस.ई.ई. परीक्षामा उत्र्तिण हुन सफल बाल बचतकर्ता तथा सदस्यहरुलाई सम्मान पत्र दिनुका साथै सो मध्यबाट उत्कृष्ट हुन सफल छात्र तर्फ रियाज भोछिभोया र रिजुल भोछिभोया (संयुक्त रुपमा) भने छात्रा तर्फ बाट युकी श्रेष्ठ लाई ज्योति प्रकास सैँजु स्मृति छात्राबृति मार्फत ३० हजार बराबरको छात्रबृत्ति प्रदान गरिएको थियो । सभाको अवसरमा नवनिर्बाचित लेखा सुपरिवेक्षण समितिका सदस्य ज्योत्सना सैँजु कायष्थले रु १ लाख रकम ज्योति प्रकास सैँजु स्मृति कोषमा योगदान गर्ने बताउनु भएको थियो । साधारण सभाको अवधिभर संस्थाका सदस्य तथा कर्मचारीलाई बिभिन्न बिधामा उत्कृष्टताको सम्मान पत्र प्रदान गरिएको थियो । 

चण्डेश्वरीको ३० औँ बार्षिक साधारण सभा बाट नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्वाचित हुनु भएको छ । संस्थाको निर्बाचन मार्फत निर्बिरोध रुपमा संस्थाको अध्यक्ष पदमा नबिन भक्त बादे श्रेष्ठ त्यस्तै गरि उपाध्यक्ष पदमा रमेश काजी श्रेष्ठ, सचिब पदमा बुद्ध रत्न मानन्धर, सह सचिबमा रोशना राजबंशी, कोषाध्यक्षमा गणेश कुमार रंजित सदस्य पदमा क्रमशः पुर्ण पोटे, जितेन्द्र भक्त पोटे, रुकमणी राजभण्डारी, सुरेन्द्र प्रजापती, बद्रि नाथ बादे र मनोहरी पोटे, लेखा सुपरिवेक्षण समिति संयोजक पदमा राम प्रसाद श्रेष्ठ र ले.सु.स. सदस्य पदमा बिनय कृष्ण कायष्थ र ज्योत्सना सैँजु कायष्थ निर्बिरोध रुपमा निर्बाचित भई पद बहाली गर्नु भएको छ । 
 

भर्खरै
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

१ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

२ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

३ दिन अगाडि

पाठकबाट थप