सदस्यहरुको उत्साहजनक सहभागिताका बीच सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यहरुको उत्साहजनक सहभागिताका बीच सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न

सर्लाही । हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्था लि. को २३औं बार्षिक साधारणसभा असोज ६ गते विहिबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा सुरु सभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले गर्नुभएको थियो । 

सभामा निवर्तमान प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन नगर प्रमुख रमेश बुढाथोकी (कमल), बागमती नगरपालिकाका नगर प्रमुख भरत थापा, बरहथवा नगर प्रमुख कल्पना कुमारी कटुवाल, हरिवन नगर उप–प्रमुख हरिमाया घलान, नेफस्कूनका सञ्चालक हरेराम प्रसाद, राष्ट्रिय सहकारी बैंकका सञ्चालक धु्रब नारायण यादव, सर्लाही जिल्ला बचत संघका अध्यक्ष बाबुराम घिमिरे, नेफस्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, शसस्त्र प्रहरी नायव उपरिक्षक सुशिल श्रेष्ठ लगायतको विशेष आतिथ्यता रहेको थियो । 

त्यसैगरी कार्यक्रममा हरिवन नगरपालिका प्रतिनिधिहरु, ईलाका प्रहरी प्रमुख, नगर हरिवन सञ्जाल, नेफस्कून फिल्ड कार्यलय, राष्ट्रिय सहकारी बैंक हरिवन शाखा, ईलाका प्रशासन कार्यलय, नापी कार्यलय, मालपोत कार्यलय, नेपाल रेडक्रम सोसाईटी उपशाखा हरिवन का प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो । 

कार्यक्रममा साकोसका अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा संयोजकद्वारा अध्यक्षको प्रतिवेदन, बार्षिक नीति तथा कार्यक्रम, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुतीकरण गरिएको थियो । 

करिब ६ हजार सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष कडेलबाट साकोसको वेवसाईटको औपचारिक शुभारम्भ गरिएको थियो । 
साधारणसभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७५ जना सदस्यहरुले रक्तदान गर्नुभएको थियो । 

कार्यक्रममा उत्कृष्ठ बाल बचत कर्ता, उत्कृष्ठ नियमति बचत कर्ता, उत्कृष्ठ बचत कर्ता र उत्कृष्ठ ब्यवासायीलाई सम्मान गरिएको थियो ।  साकोसका सचिव राज कुमार उप्रेतीले सञ्चालन गर्नुभएको कार्यक्रममा आर्थिक पाटो कोषाध्यक्ष विनोद कार्की र स्वागत उपाध्यक्ष तारा देवि सुवेदीले गर्नु भएको थियो । कुल १ अर्व ४७ करोडको कारोेबार रहेको साकोसले एनएफआएस विधिमार्फत आफ्नो लेखा परिक्षण गराउँदै आएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप