म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

काठमाडौं । म्याग्दीको बेनी नगरपालिकामा सञ्चालित भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लि.प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चिता सम्बन्धी पूर्ण तथा व्यावायिक साकोस विकास कार्यक्रम हो । 

साकोस कार्यालयमा आज, असोज ७ गते आयोजित कार्यक्रममा साकोसका अध्यक्ष बालकृष्ण सुवेदी र नेफ्स्कूनको तर्फबाट पोखरा फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुबेदीले कार्यक्रम सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

प्रोबेसन कार्यक्रम आबद्धताले साकोसको संस्थागत विकास र वित्तीय सुशासन कायम हुने विश्वास लिएको अध्यक्ष सुवेदीले बताउनुभयो । 

कार्यक्रममा साकोसका उपाध्यक्ष झल प्रसाद गौचन, कोषाध्यक्ष हिरा प्रसाद श्रेष्ठ, सञ्चालक सदस्य श्याम प्रसाद श्रेष्ठ, दल बहादुर भण्डारी, व्यवस्थापक नारायण सुवेदी, नेफ्स्कून पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य रामजी प्रसाद सुवेदी र नेफ्स्कून बेनी सेवा केन्द्र प्रमुख दिनेश थापा उपस्थित हुनुहुन्थ्यो । 

२०६३ साल जेष्ठ ३ गते स्थापना भएको भूतपूर्व सैनिक साकोसमा हाल १ हजार ७ सय ४५ जना सदस्य छन् भने साकोसको कुँल वासलात २५ करोड ४७ लाख २९ हजार ३५३ रुपैयाँ रहेको छ । साकोसमा ९ कर्मचारी कार्यरत छन् । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप