मोडेल साकोसको १५औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यहरुलाई १०.२६ प्रतिशत लाभांश पारित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोडेल साकोसको १५औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यहरुलाई १०.२६ प्रतिशत लाभांश पारित

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका ७ मा अवस्थित मोडेल बचत तथा ऋण सहकारी संस्था लि. को १५औं वार्षिक साधारणसभा असोज ६ गते शुक्रबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष कृष्ण प्रसाद तिमल्सीनाको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सभाको उद्घाटन भएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा, बागमती प्रदेश बचत संघ प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, जिल्ला बचत संघ काभ्रेका सञ्चालक विकास वादे, राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बा, नेफ्स्कून बनेपा फिल्ड कार्यालयका इन्चार्ज राम प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो । 

सभामा अध्यक्ष कृष्ण प्रसाद तिमल्सीनाले अध्यक्षको प्रतिवेदन र सचिव रामसुधन तिमल्सीनाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

सभामा कोषाध्यक्ष जनार्दन केसीले आ.व. २०७८ /०७९ को वित्तीय विवरण पेश गर्दै २५ सय ५४ शेयर सदस्य, २ करोड ८ लाख शेयर पुँजी, करिब २६ करोड ८६ लाख ८४ हजार रुपैंया वासलात, २० करोड ९३ लाख बचत, १८ करोड ७५ लाख ऋण लगानी रहेको जानकारी गराउनुभयो । लेखा सुपरिवेक्षण समिति सदस्य रामशरण बजगाईंले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत  गर्नुभएको थियो ।

साकोसमा २ सय ९ बाल बचतकर्ता छन् । त्यसैगरी साकोसको १ करोड ५८ लाख जगेडा कोष र ११ लाख संरक्षित पुँजी फिर्ता कोष रहेको साकोसका व्यवस्थापक सुधन श्रेष्ठले जानकारी गराउनुभयो ।
 
सभाले सदस्यहरुका लागि १० दशमलव २६ प्रतिशत शेयर लाभांश पारित गरेको छ । 

२०६५ सालमा स्थापित मोडेल साकोस नेफ्स्कूनद्वारा सञ्चालित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा आबद्ध छ ।  
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप