जनमुखी साकोसको २५औं वार्षिक साधारणसभा तथा रजत स्मारक उद्घाटन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनमुखी साकोसको २५औं वार्षिक साधारणसभा तथा रजत स्मारक उद्घाटन

दोलखा । मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. को २५ औं वार्षिक साधारणसभा साथै रजत स्मारक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । साकोसले असोज १ देखि ५ गतेसम्म एकाइगत साधारणसभा गर्दै सभाको समापन साथै साकोसको रजत बर्ष शुभारम्भसहित रजत स्मारकको उद्घाटन गरेको हो । साकोसका अध्यक्ष माधव प्रसाद दहालको अध्यक्षता र नेफ्स्कूनका सञ्चालक एवम् बागमती प्रदेश बचत संघ प्रोस्कूनका महासचिव जिवसराज खड्काको प्रमुख आतिथ्यतामा स्मारक उद्घाटन गरिएको थियो । 

सभामा संस्थाका सचिव लक्ष्मण चौलागाइले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष राजन केसीले आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरण प्रस्तुत गर्दै २० हजार ३ सय ९१ शेयर सदस्य, १० करोड ९१ लाख ६७ हजार शेयरपुँजी, ७ करोड ६६ लाख जगेडा कोष, ८६ करोड ५ लाख बचत संकलन र १ अर्ब ४ करोड ५० लाख ऋण लगानी गरी २ करोड १५ लाख २१ हजार खुद बचत गरेको जानकारी गराउनुभयो । 

३ सय ६५ दिन नै सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको साकोसले सहुलियत कृषि ऋण तथा कृषकहरुलाई कृषि औजार वितरण गर्दै आइरहेको जनाएको छ । साकोसले जटिल रोग लागेका सदस्यहरुलाई आर्थिक सहायता, बृद्ध सदस्यहरुलाई मासिक भत्ता, अपांगता भएका सदस्य र सुत्केरी सदस्यलाई सुत्केरी भत्ताको व्यवस्थालाई निरन्तरता गरेको जनाएको छ । 

साकोसले मुख्य कार्यालय सहित ६ वटा सेवा केन्द्रमार्फत सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको साकोसका प्रमुख व्यवस्थापक भेष बहादुर मिजारले जानकारी गराउनुभयो । 

साकोसले डिजिटल प्रविधि प्रयोगलाई बढावा दिँदै मोबाइल बैंकिङ, मिस्ड कल, एसएमएस सेवा साथै कनेक्ट आइपीएस र क्यु आर पेमेन्ट जस्ता प्रविधिमैत्री सेवा दिँदै आएको जनाएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप