लमजुङको हातेमालो साकोसको १२औं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लमजुङको हातेमालो साकोसको १२औं बार्षिक साधारणसभा सम्पन्न

लमजुङ । हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारणसभा असोज ७ गते, शुक्रबार सम्पन्न भएको छ । 

साधारणसभामा साकोसका अध्यक्ष महेन्द्र लाल श्रेष्ठलको अध्यक्षता, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता र राजनीतिक दलका प्रतिनिधि जमिन्द्रमान घले, जिल्ला समन्वय समिति लमजुङको अध्यक्ष पूर्ण बहादुर गुरुङ, बेसिशहर नगरपालिकाका नगर प्रमुख गुमान सिं अर्याल, नेफ्स्कूनका कानुनी सल्लाहकार अधिवक्त शिव कुमार अधिकारी लगायतको विशेष आतिथ्यता रहको थियो । 

कार्यक्रममा साकोसका उपाध्यक्ष प्रभुराम प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाको प्रगति प्रतिवेदन सचिव राजेन्द्र बोहराले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष नन्दलाल श्रेष्ठले र लेखासमितिको प्रतिवेदन लेखा समितिको संयोजक सुर्यमान श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा साकोसका जेष्ठ सदस्य ८२ बर्षिय रुद्र बहादुर महतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा उत्कृष्ट असल सदस्य, उत्कृष्ट लघुबित्त व्यवसायी, बालबचतकर्ता लाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यसैगरी एसईई २०७८ मा जिल्ला प्रथम २ जना विद्यार्थी  र ऋणमा सर्वाधिक संरक्षित पुँजि फिर्ता कोष बाट ५ जना सदस्यलाई प्रशंशा पत्र, संरक्षित पुँजी फिर्ताकोषबाट प्राप्त रकमको चेक हस्तान्तरण गरी सम्मानित गरिएको थियो । सभामा ५ सय भन्दा बढी सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी सञ्चालक समितिको रिक्त पदमा हिरादेवी घले र बिमला पौडेल निर्वाचित हुनुभएको थियो । कार्यक्रम सञ्चालन सचिव राजेन्द्र बोहराले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप