पोखरा रोयल साकोसको २१औं वार्षिक साधारणसभा सम्पन्न, १०.२७ प्रतिशत शेयर लाभांश प्रस्ताव पारित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा रोयल साकोसको २१औं वार्षिक साधारणसभा सम्पन्न, १०.२७ प्रतिशत शेयर लाभांश प्रस्ताव पारित

कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. को २१औं वार्षिक साधारणसभा ४ वटा एकाईसभा सहित सम्पन्न भएको छ । असोज ३ गते पोखरास्थित प्रधान कार्यालय, असोज ४ गते भण्डारढिक सेवाकेन्द्र, असोज ५ गते मोहरिया सेवाकेन्द्र र असोज ६ गते दुलेगौडा सेवाकेन्द्र मार्फत एकाई भेला सम्पन्न भएको थियो । साकोसले असोज ८ गते शनिबार सबै एकाईबाट छनौट भएका प्रतिनिधिहरुको उपस्थितिमा पोखरामा निर्णय प्रमाणित सभा आयोजना गरी सभाको समापन गरेको थियो ।

साकोसकी अध्यक्ष रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा भएको सभामा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार रमेश घर्तीको प्रमुख आतित्थ्यता रहेको थियो । रजिष्ट्रार घर्तीले पोखरा रोयल सहकारीले गरेका गतिविधि उदाहरणीय र अनुसरण योग्य भएकोले अन्य सहकारीले पनि सिको गर्नुपर्ने बताउनुभयो । सहकारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि अव उत्पादन र रोजगारीमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

साधारणसभामा उत्कृट सदस्यहरु जीतबहादुर गुरुङ्ग र दुर्गा लामिछाने ढकाल, वर्ष उत्कृष्ठ कर्मचारी रुपेन्द्र गुरुङ्ग, उत्कृष्ठ बाल बचतकर्ता मिङमार गुरुङ्गलाई सम्मान गरिएको थियो । 
त्यसैगरी उत्कृष्ठ लघुवित्त केन्द्र प्रथम हार्पुथर रोयल केन्द्र, द्धितीय चक्रदेवी रोयल केन्द्र र तृतीय जागृति रोयल केन्द्र तथा उत्कृष्ठ सेवाकेन्द्र मोहरिया सेवा केन्द्रलाई नगद, प्रमाण पत्र र दोसल्लाले सम्मान गरेको थियो ।

साधारण सभामा अध्यक्ष रुद्रकुमारी गुरुङ्गद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन साथै लेखा सुपरिवेक्षण समितिका संयोजक हर्कबहादुर गुरुङ्गद्वारा प्रस्तुत वार्षिक समीक्षा प्रतिवेदन साथै लेखा परिक्षकको तर्फबाट कोषाध्यक्ष गीरबहादुर श्रेष्ठद्वारा प्रस्तुत लेखापरिक्षण प्रतिवेदन, सञ्चालक समितिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गद्वारा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट र सचिव केशवप्रसाद ढकालद्वारा प्रस्तुत विनियम संसोधन तथा विशेष प्रस्ताव समेत पारित भएका थिए ।

साकोसको चालु आर्थिक वर्षको कूल सम्पत्ती २ अर्ब १८ करोड, शेयर पूँजी २० करोड ९७ लाख, जगेडा तथा अन्य कोष १९ करोड ८१ लाख र बचत निक्षेप १ अर्ब ५७ करोड रहेको जनाइएको छ । त्यस्तै १ अर्ब ८२ करोड ऋण लगानी गरि ६ करोड ४८ लाख सञ्चालन नाफा आर्जन गरेको जनाइएको छ ।

संस्थाले शेयरतर्फ १०.२७ प्रतिशत लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुको कारोबारको आधारमा बचत कारोबार तर्फ ३.१६ प्रतिशत र ऋण तर्फको कारोबारमा २.७२ प्रतिशत अतिरिक्त लाभ प्रदान गर्ने निर्णय गरेको छ ।

साधारणसभाको अवसरमा शेयर सदस्य सीता परियारका ४ वर्षे छोरा प्रमिस परियारको उपचारको लागि ५० हजार नगद सहयोग उपलब्ध गराइएको थियो । 

कास्की, स्याँङ्गजा, तनहुँ, लमजुङ्ग र पर्वत गरी ५ जिल्ला कार्यक्षेत्र र प्रधान कार्यालयसहित ४ वटा कार्यालय रहेको पोखरा रोयलमा ८ हजार ४०८ जना सदस्य र ४३ जना कर्मचारी कार्यरत छन् ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप