स्यूचाटार साकोसको १६औं वार्षिक साधारणसभा सम्पन्न, रामेश्वर प्रसाद गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्यूचाटार साकोसको १६औं वार्षिक साधारणसभा सम्पन्न, रामेश्वर प्रसाद गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काठमाडौं । नागार्जुन नगरपालिका–१० स्यूचाटारस्थित स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । 

असोज १० गते सोमबार साकोसका अध्यक्ष शाधुराम गौतमको अध्यक्षतामा सुरु भएको सभाको उद्घाटन प्रमुख अतिथि नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतले गर्नुभएको थियो । 

२०६३ साल असोज ७ गते घटस्थापनाको दिन स्थापना भएको उक्त साकोसले प्रत्येक बर्ष स्थापनादिवसका दिननै वार्षिक साधारणसभा गर्दै आइरहेको जनाएको छ । सभामा साकोसका अध्यक्ष साधुराम गौतमले आ.व. २०७९/०८०को अनुमानित आय व्यव विवरण प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्ण प्रसाद लामिछानेले आ.व. ०७८/०७९को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । हाल ५ हजार शेयर सदस्य रहेको साकोसको कुल कारोबार रु. ८३ करोड भन्दा बढीको रहेको छ । साकोसको रु.८ करोड ८४ लाख ४० हजार शेयर पुँजी, रु. ६२ करोड ८१ लाख १२ हजार बचत संकलन गरी करिब रु. ६२ करोड ऋण लगानी रहेको साकोसले जनाएको छ । रु. २ करोड ९० लाख नाफा आर्जन गर्न सफल साकोसले सदस्यहरुलाई १८ प्रतिशत शेयर लाभांश प्रस्ताव पारित गरेको छ भने जगेडा तथा अन्य कोषहरुमा रु. ९ करोड ८० लाख ५६ हजार सञ्चित रहेको जनाएको छ ।

२०७८/०७९ देखि स्यूचाटारस्थित आफ्नै भवनबाट सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको साकोसले सदस्यको विश्वास आर्जन गर्दै अघि बढेको छ । साकोसले शेयर सदस्यको मृत्यु भएमा सदस्यका परिवारलाई सहयोग रकम, दीर्घ रोग लागेका सदस्यहरुलाई आर्थिक सहयोग, खेलकुद तथा महिला लक्षित कार्यक्रम तथा सदस्य शिक्षाका कार्यक्रमहरुलाई निरन्तरता दिइने जनाएको छ । साकोस नेफ्स्कूनद्वारा प्रवर्द्धित गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा सहभागी छ ।

सञ्चालक समिति चयन

साकोसको १६औं वार्षिक साधारणसभा तथा ५औं अधिवेशनले ४ वर्षका लागि रामेश्वर प्रसाद गौतमको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र कृष्ण प्रसाद लामिछानेको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ । 

समितिको उपाध्यक्षमा धनञ्जय शर्मा, सचिव कृष्णहरि खत्री, कोषाध्यक्ष बन्दना थापा खड्का र सदस्यहरुमा भाईराम थापा, बैकुण्ठ पराजुली, किरण गिरी, विद्या खड्का गुरुङ, दुर्गा खत्री भट्टराई, कृष्णहरि खड्का, माधव खतिवडा चयन हुनुभएको छ ।

त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजक कृष्ण प्रसाद लामिछाने र सदस्यहरुमा घनश्याम गौतम र राजेश्वर लुईटेल चयन हुनुभएको छ । 

नवनिर्वाचित सञ्चालक समितिलाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप