लुम्बिनी साकोस भैरहवाको २८ औं वार्षिक साधारणसभा सम्पन्न, ३२ जना जेष्ठ सदस्यलाई सम्मान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी साकोस भैरहवाको २८ औं वार्षिक साधारणसभा सम्पन्न, ३२ जना जेष्ठ सदस्यलाई सम्मान

भैरहवा । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–१२, रूपन्देहीको २८औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  

संस्थाका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षता तथा सहकारी संस्थाका ज्येष्ठ शेयर सदस्य येम बहादुर रसाइलीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि यम बहादुर रसाइलीले सहकारीको लगानी उत्पादनशील क्षेत्रमा र सदस्यलाई केन्द्रित गरी गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सहकारी संस्थामा सदस्य बन्नु पूर्व संस्थाको सञ्चालकहरूको पहिचान गर्ने, संस्थागत आर्थिक गतिविधि हेरेर मात्र सदस्य बन्न जोड दिनु भयो । साथै सहकारीका सदस्यहरूको आयस्रोत वृद्धिका साथै संस्थामा आवद्ध सबै सदस्यहरूको अर्थिक रूपमा विकास गराउनमा सहकारी संस्थाको ठुलो भूमिका रहने बताउनु भयो ।

साधारणसभामा सिद्धार्थनगर नगरपालिकाका सहकारी अधिकृत कमलकान्त खनाल र राष्ट्रिय सहकारी बैंक लि. भैरहवा शाखा प्रमुख आलोक शिवाकोटीको विशिष्ट आतिथ्यता रहेको थियो । सो सभामा सहकारी अधिकृत कमलकान्त खनालले वर्तमान अवस्थामा सहकारी र सहकारी संस्थाका शेयर सदस्यहरूको साधारणसभामा भूमिका, तथा  विभागबाट जारी निर्देशिकाका बारेमा प्रशिक्षण मूलक प्रस्तुती गर्नु भएको थियो । 

कार्यक्रम सञ्चालन संस्थाका प्रबन्धक राम प्रसाद बरालले गर्नु भएको थियो । सभामा संस्थाका अध्यक्ष, पदाधिकारी तथा सञ्चालहरूद्वारा सहकारीको तर्फबाट संस्थाका सत्तरी वर्ष भन्दा माथिका ३२ जना ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान पत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो ।  सोही सभामा शेयर सदस्य पल्लवी कार्कीलाई २०७८ सालको नर्सिङ तर्फ र शेयर सदस्य कृष्णचन्द्र बस्यालकी सुपुत्री एलिजा बस्याललाई कक्षा ११ र १२ मा उत्कृष्ट अंक ल्याएकोमा नगद तथा सम्मानपत्रबाट सम्मान गरिएको थियो । 

सभाले संस्थाको चालु आ.व. ०७९।०८० का लागि २५ करोड ५५ लाख ५० हजारको वजेट समेत सर्वसम्त पारित गरेको थियो । सभामा प्रस्तुत गरिएको वार्षिक बजेट, नीति तथा कार्यक्रम र लेखा सुपरिवेक्षण समिति संयोजकबाट प्रस्तुत आर्थिक प्रतिवेदन तथा आ.व.०७८।०७९ को वार्षिक लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो । संस्थाका प्रबन्धक राम प्रसाद बराललाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

भर्खरै
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

लोकप्रिय
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३२ दिन अगाडि

पाठकबाट थप