सगुन साकोस बर्दियाको एकीकरण पछिको दोस्रो साधारणसभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सगुन साकोस बर्दियाको एकीकरण पछिको दोस्रो साधारणसभा सम्पन्न 

बर्दिया । जिल्लाको ठाकुरबाबा न.पा.५, शाहीपुरमा सञ्चालित सगुन बचत तथा ऋण सहकारी संस्था लि.को एकीकरण पछिको दोस्रो साधारणसभा असोज २९ गते शनिबार सम्पन्न भएको छ । २०७७ सालमा उमङ्ग महिला कृषि सहकारी संस्थासँग एकीकरण गरेको सगुन साकोसमा कुल ६ हजार ६ सय ४९ शेयर सदस्य र १६ करोड ६५ लाखको वासलात रहेको छ । 

साकोसका अध्यक्ष भिक्खुराम थारुको अध्यक्षतामा सुरु भएको सभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । सभामा बर्दिया जिल्ला सहकारी संघ लि. का अध्यक्ष नवराज ढुङ्गाना, ठाकुरबाबा न। पा. ५ नम्बर वडा कार्यालयका वडा अध्यक्ष शम्भु प्रसाद थारु, राष्ट्रिय सहकारी बैंक लि. भूरिगाउँ शाखाका शाखा प्रमुख किरण खत्री लगायत साकोसका पदाधिकारी, सञ्चालक र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नेफ्स्कूनका महासचिव अधिकारीले सहकारीमा शेयर सदस्यहरुको नियमित बचतले ठूलो महत्व राख्ने हुँदा सहकारीमा नियमित बचत गर्न छोड्न नहुने बताउनुभयो । सदस्यहरुले आज गरेको नियमित बचत बुढेसकालको सहारा भएको बताउँदै प्रमुख अतिथि अधिकारीले बंगलादेशको रिक्सा चालकले गरेको सानो बचतको उदाहरण प्रस्तुत गर्नुभएको थियो । गरिबीका कारण आफ्नो धार्मिक पर्व मनाउन र घरपरिवारमा खुसीयाली ल्याउन नसकेको एक सर्वसाधारणले दैनिक पिउने चियामा कमी गरी सो रकम चिया पसलेलाई जम्मागर्न गरेको अनुरोध र संकलित रकमले घर परिवार, साथीभाई र सहकारी स्थापना गर्ने सम्मको यात्रामा पुर्याएको योगदानको प्रशंसनीय उदाहरुणमार्फत सदस्यहरुलाई बचतको महत्वबारे प्रष्ट्याउनुभएको थियो । 

साधारणसभामा साकोसका सचिव रामकुमार थारुले गत आ.व.को प्रगति प्रतिवेदन र चालु आ.व.को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष राधा थारुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै १३ करोड १९ लाख ७१ हजार रुपैंया बचत संकलन, १३ करोड ५९ लाख ९४ हजार रुपैंया ऋण लगानी गर्न सफल भएको र कुल २२ लाख ५४ हजार नाफा आर्जन गरेको जानकारी गराउनुभयो । 

सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक वीर बहादुर थारुले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

साधारणसभामा उत्कृष्ट शेयर खरिदकर्ता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । 

जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध सगुन साकोसले साकोस स्तरीकरणको कार्यलाई जोड दिइने जनाएको छ । साकोसमा ९ सय बालबचतकर्ताले नियमित बचत गर्दै आइरहेको पनि साकोसका व्यवस्थापक ललित कुमार थारुले जानकारी गराउनुभयो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ मिनेट अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

पाठकबाट थप