व्यावसायिक फूलखेतीतर्फ आकर्षित चितवनको संगम महिला कृषक समूह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्यावसायिक फूलखेतीतर्फ आकर्षित चितवनको संगम महिला कृषक समूह

बडादशैं सकिए लगत्तै नेपालीहरुको घर घरमा तिहार तथा दिपावली भित्रिँदैछ । घर गाउँ र बारि वरिपरी ढकमम्म फुलेका सयपत्री र मखमली फूलको सुगन्धले तिहारको आगमनलाई स्वागत गरिरहेका छन् । जिल्ला जिल्लामा व्यावसायिक फूल खेती गरेका किसानहरु फूल टिपेर माला बनाउनमा आफ्नो दैनिकीलाई व्यस्त बनाएका छन् । तिहार नजिकिएसँगै फूल खेती गर्ने किसानहरुका लागि धानबाली लगाउनेका लागि हुने मंसिरको चटारो जस्तै फूल विक्रिको चटारो सुरु भएको छ । 

चितवनको प्रभात दिदीवहिनी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक साथै शेयर सदस्य दिदीबहिनीहरुको समूहले सुरु गरेको व्यावासायिक फूलखेतीबाट पनि राम्रै आम्दानी  हुन थालेको छ ।   

भरतपुर महानगरपालिका वडा नं. ९, सरतपुर संगम टोल मित्र मार्गमा रहेको श्री संगम महिला कृषक समूहद्वारा उत्पादित फूल धमाधम बजारमा जाने क्रम सुरु भएको छ । समुहमा आबद्ध महिला दिदीबहिनीहरु फूल टिप्न र माला बनाउनमा व्यस्त हुनुहुन्छ । ‘फूलखेती व्यावसायिक बनाउन सके प्रशस्त आम्दानी लिन सकिने रहेछ । गत बर्ष दशै र तिहारमा गरेर १ लाख रुपैंया भन्दा बढीको सयपत्री फूल र माला मात्रै बेचेका थियौं’, समुहकी अध्यक्ष शोभा देबी पाण्डेय भन्नुहुन्छ, यसपाली फूल झनै राम्रो भएको छ र समयमै पनि फूलेको छ ।’  उहाँले भन्नुभयो, “प्रभात दिदीबहिनी साकोसले फुलखेती तालिम उपलब्ध गराएर व्यावसायिक खेतीका लागि उत्प्रेरित गरेकोले आज सानो क्षेत्रमा भएपनि शुरुवात भएको छ, फूलखेती बाट समूहमा आबद्ध सबैजना नै सन्तुष्ट छौं ।” 

समुहमा अहिले १५ जना महिला दिदीबहिनीहरु हुुनुहुन्छ । सरतपुर संगम टोलको ८ कट्ठा जमिन बार्षिक ४८ हजारमा भाडामा लिनुभएको छ । तीन बर्ष अगाडि ५ कट्ठाबाट सुरु भएको फूलखेती विस्तारका लागि पछि ३ कट्ठा थप गरिएको थियो । आठ कट्ठामा समय अनुसार फूलको नर्सरी, तरकारी बाली तथा विरुवा उत्पादन र विक्रि हुँदै आएको छ । 

भरतपुर महानगरपालिका, ९ नं.वडा कार्यालय र प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको प्रेरणाले सुरु भएको फूलखेती व्यावसायिक बन्दै जाँदा समूहमा आबद्ध कृषक महिलाहरु समेत फूलखेतीबाट आत्मनिर्भर बन्नुभएको छ । समुहकी अध्यक्ष पाण्डेय दिदी प्रभात दिदीबहिनी साकोसकी सञ्चालक समिति सदस्य समेत हुनुहुन्छ । 

वर्षातको समयमा फूलखेती जोगाउन गाह्रो हुनेभएपनि समुहका सबै सदस्यहरुको अथक मेहनतले फूल उत्पादनमा समस्या नभएको समुहकी अध्यक्ष बताउनुहुन्छ । स्थानीय कलकत्ते जातको सयपत्री यस वर्ष निकै राम्रो र समयमै फूलेको छ, केही विरुवा आँफैले जमाएको र बाँकी रामपुर कृषि केन्द्रबाट ल्याइएको उहाँले बताउनुभयो, दशैंमा एक लट फूल विक्रि गरिसक्यौं, तिहारको लागि पनि सबै फूल फक्रिसकेका छन, दोस्रो लटको सयपत्री झनै राम्रो निस्केको छ । 

गतबर्ष भन्दा यस बर्ष फूलको मूल्यमा पनि बृद्धि भएको छ । पोहोर एक मालाको असी रुपैंयामा विक्रि भयो, यस बर्ष प्रति माला एक सयमा विक्रि गरिएको उहाँले बताउनुभयो, किलोमा जोखेर दिँदा प्रति किलो ४ सय पर्छ । यस बर्ष चितवनमा विगतका वर्षहरुमा भन्दा फूलको उत्पादन अत्याधिक बढेको छ । खपत पनि त्यतिकै बढ्दो छ । त्यसकारण पनि फूलको मूल्य नघटेको उहाँको भनाई थियो । 

नेपालमा यस बर्ष ८० प्रतिशत फूलको माग स्थानीय उत्पादनले नै थेग्ने र २० प्रतिशतमात्रै फूल आयात गर्नुपर्ने अवस्था रहेको नेपाल फ्लोरिकञ्चर एसोसियसनले जनाएको छ । तिहारको अवसरमा मात्र २० लाख फूलको माला विक्रि हुने अनुमान एसोसियसनको रहेको छ । 

तिहारलाई धनधान्यकी देवी लक्ष्मी, उज्यालो र फूलको पर्वको रूपमा लिने गरिन्छ । विशेष गरेर कपडा, गरगहना, भाँडा तथा पूजा सामग्री, फलफूल, भाईमसला र फूलको किनमेल हुन्छ । लक्ष्मी पुजाका लागि पुजा सामग्री, पुजाका लागि आवश्यक तामा, चाँदीका भाँडा, झिलिमिली बत्ती र फूलको व्यापार आकाशिने गर्छ । बहुआयामिक प्रयोग हुने फूल तिहारमा झनै विशेष मानिन्छ । 

पुजा र घर सजावटका साथै दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, मखमली, गोदावरी र सयपत्री फूलको माला लगाइदिन्छन् । तिहारको अघिल्ला दिनहरुमा कुकुर पुजा, गाई पुजा, गोवद्र्धन पुजा गरिने भएकोले पनि फूलको अत्याधिक प्रयोग हुन्छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप